२१ कात्तिक २०८३, शनिवार

जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन: पाैडेल, सचिव र सदस्य भने शनिबार मात्र टुंगाे लाग्ने

२०७२ फागुन १, शनिवार
जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन: पाैडेल, सचिव र सदस्य भने शनिबार मात्र टुंगाे लाग्ने

धादिङ । जिल्ला सहकारी संघ धादिङकाे अध्यक्षमा पुन नेत्र राज पाैडेल निर्वाचित भएका छन् ।

शुक्रबार धादिङबेशीमा भएकाे १६ अाैं साधारणसभाले पाैडेलकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । सचिव बाहेक सबै पदमा निर्विराेध निर्वाचित भएका छन् । संघकाे उपाध्यक्षमा गंगादत्त तिमल्सेना र गंगा बिसुराल चयन भए । त्यस्तै काेषाध्यक्षमा टंक नाथ शर्मा चयन भए ।

सचिव पदमा चार जनाकाे उम्मेदवारी परेका कारण सचिव पद भने टुंगाे लागेकाे छैन । सचिवमा पूर्व कोषाध्यक्ष विष्णु रिजाल, राजेन्द्र बस्नेत, सितादेवी खनाल र रमेश दाहालकाे दाबी रहेकाे छ । त्यस्तै १० सदस्यकाे लागि १७ उम्मेदवारी परेकाे छ । सहमती नभएकाे पदमा अागामी शनिबार निर्वाचन गरिने अध्यक्ष पाैडेलले जानकारी दिए । सके सम्म सर्वसम्वत गरिने पनि पाैडेले सहकारीखबरलाई बताए ।

अभिलेख

लोकप्रिय