२१ कात्तिक २०८३, शनिवार

हजुरबुबाको सम्झनमा 'कृषि सहकारी'

२०७२ माघ २९, शुक्रबार
हजुरबुबाको सम्झनमा 'कृषि सहकारी'

तनहुँ । जिल्लाको छाङ गाविस– ५ का सुर्जकुमार मल्लले आफ्ना हजुरबुबा पहलमानसिंहको सम्झनमा कृषि सहकारी संस्था सञ्चालन गरेका छन् ।
विसं २०६९ मा ‘पहल कृषि सहकारी’ संस्था खोलेर उहाँको सहकारीमार्फत माछापालन व्यवसाय थालेका छन् । उक्त सहकारीमा ३१ जना सदस्य रहेकामध्ये पहलमानसिंहका २१ नातिनातिना समेत आवद्ध छन् । उनीहरुले पाँचजना दाजुभाइको २५ रोपनी खेतमा सातवटा पोखरी बनाएर माछापालन गर्दै आएका छन् ।
सुर्जकुमारका सबै दाजुभाइको सदरमुकाम दमौलीमा कपडा पसल रहेको छ । भारतीय सेनाबाट सेवानिवृत सुर्जकुमारले हजुरबुबाको नाममा कृषि सहकारी स्थापना गरेका हुन । माछापोखरी खन्नका लागि सरकारको रु पाँच लाख ७० हजार तथा व्यक्तिगत ४२ लाख ८३ हजार लगानीमा मल्ल परिवारले माछापालन व्यवसाय सुरु गरेको हो ।
ग्रास, कमन, नैनी, रहु जातका माछा पालेका मल्लले गत वर्षदेखि उत्पादन लिन सुरु गरेको हो । “गत वर्ष रु साढे पाँच लाखको माछा बिक्री गर्याै” मल्लले भने । सो सहकारीले छ जनालाई रोजगारी समेत प्रदान गरेको छ ।

अभिलेख

लोकप्रिय