२१ कात्तिक २०८३, शनिवार

सहकारीकर्मी अर्याल पर्यटन बोर्डमा नियुक्त

२०७२ माघ २५, सोमबार
सहकारीकर्मी अर्याल पर्यटन बोर्डमा नियुक्त

काठमाडौं । बरिष्ठ पर्यटन ब्यवसायी तथा दिगो पर्यटन सहकारी संस्थाका उपाध्यक्ष कृष्ण कुमार अर्याल नेपाल पर्यटन बोर्डको सदस्यमा नियुक्त भएका छन् । त्यस्तै बोर्ड सदस्यमा पूर्ण कुँवर पनि नियुक्त भएका छन् ।

सोमबार बसेको संस्कृति पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयको मन्त्री स्तरीय बैठकबाट रिक्त रहेको दुई स्थानमा अर्याल र कुँवरलाई नियुक्त गरिएको हो । काठमाडौँका स्थायी बासिन्दा कृष्णकुमार अर्याललाई मञ्यमाध्चल क्षेत्रको प्रतिनिधित्व गर्दै सिफारिसमा परेका हुन् भने भने पर्वतका कुँवरलाई पश्चिमाञ्चलको प्रतिनिधित्व गराइएको छ ।

पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा टानका पूर्व महासचिव हरि धरेल र हानका महासचिव बिनायक शाहको सिफारिसमा अर्याल र कुँवरलाई बोर्ड सदस्यमा नियुक्त गरिएको हो ।

अभिलेख

लोकप्रिय