वालिङमा सहकारी बैंकको अन्तरक्रिया
वालिङ । मुलुकभरका सहकारीहरुको एकमात्र बैंकका रुपमा स्थापित राष्ट्रिय सहकारी बैंकले आफ्नो सेवालाई थप प्रभावकारीताका लागि सदस्य सहकारी संघ संस्थाका प्रतिनिधिहरुसंगको सुझाव संकलन अभियानलाई तिब्रता दिएको छ ।
बैंकमा आवद्ध सहकारी संघ संस्थाहरुको संस्थागत विकास तथा संस्थामा आवद्ध सदस्यहरुलाई उत्पादन, प्रशोधन र बजारीकरणतर्फ आकर्षित गरी आयआर्जन वृृद्धि गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । सहकारीमार्फत मुलुकको आर्थिक सामाजिक र सांस्कृतिक परिवर्तनका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका कसरी बढाउन सकिन्छ भन्ने विषयमा सदस्य संघ संस्थाका प्रतिनिधिहरुको सुझाव लिनका लागि कार्यक्रम प्रभावकारी बनेको बैंकका सञ्चालक रामबहादुर जिसीले बताए ।
स्याङ्जाको वालिङमा सोमबार आयोजित कार्यक्रमका सहभागीहरुले सहकारी बैंक मार्फत आम सहकारीकर्मीहरुको क्षमता तथा दक्षता अभिवृद्धिका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए । वित्तिय क्षेत्रसंगै सहकारी अभियानलाई थप प्रभावकारी बनाउनका लागि देशव्यापी सञ्जाल भएको, सहकारी क्षेत्रको शसक्त संगठनका रुपमा स्थापित सहकारी बैंकको भूमिका प्रभावकारी हुनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले सहकारी मार्फत गरिवी निवारणका लागि राज्यले सही नीति लिन सकेमा त्यसलाई प्रभावकारी बनाउन सहकारी बैंक अग्रमोर्चामा उभिने बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
