२१ कात्तिक २०८३, शनिवार

जब सहकारी विभागका रजिस्ट्रार अक्मकिए… !

२०७२ माघ १३, बुधबार
जब सहकारी विभागका रजिस्ट्रार अक्मकिए… !

काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहकारी संस्थाहरुको नियमन गर्दै आएको सरकारी निकाय सहकारी विभागका रजिस्ट्रार काशिनाथ मरासिनि पत्रकारको प्रश्नमा वाक्क न ब्याक्क देखिए ।

बुधबार मन्त्रालयले आफ्नो गतिविधिको जानकारी दिने उद्देश्यले राखिएको कार्यक्रममा पत्रकारहरुले हाल ऐनमा रहेको व्यवस्था बमोजिम गल्ती गर्ने संस्थालाई के कति कारबाही भयो र कति जरिवाना उठेको छ ? भन्ने प्रश्न गरे । पत्रकारको प्रश्नको जवाफ दिन रजिस्ट्रार मराशिनिलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारीले पाइक हस्तान्तरण गरे ।

त्यसपछि उनी अलमलका साथ प्रस्तुत हुँदै विभागको काम कारबाहीको बारेमा बुझ्न पत्रकारलाई विभागमै उपस्थित हुन सुझाए । मराशिनिको उक्त जवाफपछि सभाहलमा केही पत्रकार र अन्य सहभागीहरु बीच खासखुस चलेको थियो । सहकारी स्थापना काल देखिनै अनुगमन र नियमनको जिम्मा पाएको विभागका रजिस्ट्रारले आफ्नै मातहतको काम कारबाही बारे जानकारी नराख्नुमा विभागको काम कारबाही कति चुस्त छ भन्ने प्रष्ट हुन आएको छ । विभागले गरेका काम कारबाहीको बारेमा आर्थिक वर्ष सकिदा पनि सूचना पाउन नसकेको पुरानो तिक्तता सरोकारवालाहरुको छ । सहकारी ऐन २०४८ ले दिएको अधिकार अनुसार रजिस्ट्रारलाई मन्त्री सरहको अधिकार प्राप्त व्यक्ति मानिन्छ ।

पछिल्लो समयमा देखिएको रजिस्ट्रारहरुको सुस्त कार्यशैलीले सहकारी संस्थाहरुको अनुगमन र नियमनमा समेत प्रभावकारी बन्न नसकेको सहकारीका जानकारहरु बताउँछन् ।

अभिलेख

लोकप्रिय