हुकुम प्रमाङगीबाट ऐन ल्याउन खोजेको होइन, मलाई किन दबाब : मन्त्री केसी
काठमाडाैं । उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले गतिलो सहकारी ऐन नभएका कारण अहिले सहकारी क्षेत्रमा समस्या देखिएको बताएका छन ।
अर्थ समितिको छलफलमा बोल्दै मन्त्री केसीले ग्रामिण क्षेत्रका सहकारी भन्दा पनि सहरी क्षेत्रका सहकारीमा ठगी बढेकाले वित्तिय सहकारीको सहि हिसाबले ब्यवस्थापन गर्न जरुरी रहेको उनको भनाई छ । “मन्त्रालयमा आए देखि मैले सहकारी क्षेत्रबाट ठगिएकाहरुको मात्र भिड बढेको छ ”–मन्त्री केसीले भने । सहकारीको मुल्य मान्यतामा केन्द्रित रहेर ऐन ल्याउन प्रतिबद्ध रहेको उनले जानकारी दिए । सहकारी आन्दोलनका अभियानताले एकलौटी ढंगबाट मन्त्रालयले ऐन ल्याउने तयारी गरेको भन्ने आरोप गलत भएको जिकिर गर्दै पटक पटक छलफल गरेर ऐनको मस्यौदा तयार पारिएको केसीको भनाई ।
सहकारी समाजवादी अर्थतन्त्रको आधार भएकोले यसलाई सहकारीकै सिद्धान्त र मान्यताका आधार देशभर पुर्याउनुपर्ने उनको भनाई छ । आफ्नो चाहना पनि उच्च वर्गका लागि सहकारी नहोस भन्ने हो भन्दै केसीले आफूले हुकुम प्रमाङगीबाट ऐन ल्याउन खोजेको होइन, मलाई किन दबाब ? भनी प्रति प्रश्न गरे । बर्षौसम्म सहकारी ऐन संशोधन हुन नदिइनुमा रहस्य रहेको उनले तर्क गरे । छलफल पछि जवाफ दिदै मन्त्री केसीले भने– सिमित व्यक्ति र संस्थाको स्वार्थ नमिलेका कारण सहकारी ऐन पारित गर्न नदिने चलखेल भएको छसहकारीलाई ब्यवस्थित गर्न सरकार तयार रहेकाले यो अभियनमा सबैंको हातेमालो गरेर अगाडी बढ्नु पर्ने बताए । सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव शंकर अधिकारीले राष्ट्रिय सहकारी विकास बोर्डको सुझावअनुसार नै ऐन संशोधन अधि बढाइएको दावी गर्छन ।
सहकारी क्षेत्रको स्वस्थ र सन्तुलित विकास गर्नेगरी संशोधन अघि बढाइएको उनको तर्क छ । सचिव अधिकारी सहकारी संस्था निजी कम्पनी जस्तो नभएको बताउदै आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक हितका लाग्नु पर्ने बताए । सहकारी संस्थाले शाखा विस्तार गर्ने, नाफा वितरण गर्ने काम गर्न हुँदैैन । उनले सहकारी संस्थाहरु व्यवसायिक बनाउने तर्फ सरकारको ध्यान केन्द्रित भएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
