२१ कात्तिक २०८३, शनिवार

कर्मचारीहरु दक्ष र क्षमतावान नभएसम्म सहकारी व्यवसाय फस्टाउन सक्दैन : शर्मा

२०७२ माघ ५, मङ्गलबार
कर्मचारीहरु दक्ष र क्षमतावान नभएसम्म सहकारी व्यवसाय फस्टाउन सक्दैन : शर्मा

बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको आयोजनामा “हाम्रो प्रतिवद्धता, सहकारीमा व्यवसायीकता” भन्ने मूल नाराका साथ बागलुङमा क्रियाशिल सहकारी संस्थाका कर्मचारीहरुका लागि २ दिने क्षमता अभिवृद्धि तथा उत्प्रेरणा तालिम सोमवारदेखि होटल शितल एण्ड पार्टी प्यालेस बागलुङ बजारमा सुरुवात भएको छ ।

सहकारी संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थाको साख र गरीमा वृद्घिमा कर्मचारीहरुलाई सरिक बनाई छिटो छरितो, गुणस्तरीय र प्रविधियूक्त सेवा सञ्चालनका लागि कर्मचारीहरुलाई दक्ष बनाउने उद्देश्यले आयोजना गरिएको हो ।

तालिमको उद्घाटन गर्दै डिभिजन सहकारी कार्यालय वागलुङका सहकारी अधिकृत विष्णुप्रसाद शर्माले सहकारी संस्थाहरुमा कर्मचारीहरु दक्ष र क्षमतावान नभएसम्म सहकारी व्यवसाय फस्टाउन नसक्ने कुरा बताए । शर्माले सहभागिहरुलाई तालिममा सिकेका कुराहरुलाई आफ्नो संस्थामा व्यवहारमा उतार्न समेत सुझाव दिए ।

१८ वटा संस्थाका ३० जनाको सहभागिता रहेको तालिमको अध्यक्षता बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले गर्नुभएको थियो भने तालिमको उद्देश्यको वारेमा सहजकर्ता बाबुराम न्यौपाने र सञ्चालन मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था लि. का प्रवन्धक मञ्जु गैरेले गरेका छन् ।

अभिलेख

लोकप्रिय