२१ कात्तिक २०८३, शनिवार

व्यवसाय विस्तारमा माउन्ट धौलागिरी सहकारी

२०७२ माघ २, शनिवार
व्यवसाय विस्तारमा माउन्ट धौलागिरी सहकारी

काठमाडाैं । काठमाडाैंकाे ढुंगेधारास्थित माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सोह्रौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको आफ्नै भवनमा बुधबारसम्पन्न साधारणसभाकाे प्रमुख अतिथि राष्ट्रिय सहकारी संघका उपाध्यक्ष एवम् सांसद ओमदेवी मल्ल रहेकी थिइन ।  मल्लले अहिलेको समयमा सहकारीमैत्री सहकारी ऐन बनाउनु सबैभन्दा चुनौतीपूर्ण कुरा रहेको बताउँदै आफू त्यसका लागि प्रयासरत रहेको दाबी गरिन् ।
नेकपा माओबादीका नेता देवेन्द्र पौडेलले सहकारी नै आर्थिक विकासको मूख्य आधार भएकोले सहकारी मार्फत नै देशलाई समृद्ध बनाउन सकिनेमा जोड दिए । ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले संस्थासँग आफू सुरुवातका दिनदेखि नै नजिक रहेको र संस्थाको प्रगति देख्दा खुसी लागेको बताए । राष्ट्रिय सहकारी संघका सञ्चालक दक्ष पौडेलले सहकारी अभियानले सहकारी क्षेत्रलाई नयाँ प्रविधि र सीपका साथ अघि बढाएर मुलुकको दिगो विकासमा योगदान पुर्‍याउनुपर्ने धारणा राखे । संस्थाका प्रबन्ध सञ्चालक गोविन्द शर्मा पौडेलले संस्थाले आफ्नो भौतिक पूर्वाधार बनाईसकेकोले अब व्यवसाय विस्तार तिर जोड दिने बताए ।
संस्थाले गत आर्थिक वर्षको अससार मसान्तसम्ममा २ करोड ४२ लाख ४६ हजार २ सय रुपियाँ शेयर पूँजी संकलन गरेको छ भने १८ करोड २९ लाख १० हजार ६ सय ३८ रुपियाँ निक्षेप संकलन गरी १३ करोड ४७ लाख १८ हजार ५ सय ५२ रुपियाँ ऋण लगानी गरेको छ ।

अभिलेख

लोकप्रिय