फागुन १५ मा राष्ट्रिय सहकारी बैंकको साधारणसभा
ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १२ औं वार्षिक साधारणसभा ०७२ फागुन १५ गते शनिवार काठमाडौंको भृकुटी मण्डपमा हुने भएको छ ।
बैंक सञ्चालक समितिको मंगलवार बसेको सञ्चालक समितिको वैठकले उक्त दिन साधारणसभा गर्ने निर्णय गरेको हो । यस अगाडि मंसिर २६ गतेका लागि तोकिएको साधारणसभा मधेसमा देखिएको असहज परिस्थितिका कारण स्थगित गरिएको थियो ।
साधारणसभाले गत आर्थिक वर्षको प्रगति तथा आर्थिक प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षको प्रस्तावित योजना तथा बजेट पारित गर्ने जनाइएको छ । यस्तै साधारणसभामा बैंकका शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १३ प्रतिशत लांभाश वितरणका लागि प्रस्ताव लगिने बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले जानकारी दिए ।
मुलुकभरका सबै सहकारी सघसंस्थाहरुको एक मात्र सहकारी बैंकमा हाल ८ हजार शेयर सदस्य, ७० करोड शेयर रकम, ९ अर्ब ५८ करोड निक्षेप, ४ अर्ब ५० करोड लगानी रहेको बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिए । बैंकले ३५ वटा शाखा र केन्द्रीय कार्यालयबाट करिब ११ अर्बको कुल कारोबार गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
