लक्ष्मी उच्च माविमा 'सहकारी शिक्षा'
बागलुङ । सहकारीबारे ज्ञान, सीपको प्रवद्र्धन र प्रसारको लागि जिल्लाको धम्जा–३ स्थित लक्ष्मी उच्च माविमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडले विद्यार्थीहरुका लागि सहकारी सम्बन्धी प्रशिक्षण दिएको हो ।
संस्थाको नियमित प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत भएको सो प्रशिक्षणमा सहकारी प्रबन्धक एवम् राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए । सोमबार भएको कार्यक्रममा उच्चमावि र मावि तहका विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा जिसीले सहकारीको सैद्धान्तिक र व्यवहारिक ज्ञानका बारेमा विद्यार्थीहरुलाई प्रशिक्षित गराएका थिए ।
उनले सहकारीको अवधारणा, सैद्धान्तिक पक्ष, राम्रा अभ्यासहरु, बचतको महत्व लगायतका बारेमा जानकारी गराएका थिए । ‘सहकारीबारे विद्यार्थीहरुले बुझ्न अति आवश्यक छ, भोलिको मुलुक हाँक्ने विद्यार्थीहरुले सहकारी सम्बन्धी ज्ञान र सीप आर्जन गर्नुपर्छ’ जिसीले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
