२१ कात्तिक २०८३, शनिवार

मुक्तिनाथ सहकारीको अध्यक्षमा पुन: पौडेल, स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा सहकारीकाे जोड

२०७२ पुष २७, सोमबार
मुक्तिनाथ सहकारीको अध्यक्षमा पुन: पौडेल, स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षामा सहकारीकाे जोड

बागलुङ । मुक्तिनाथ स्वास्थ्य सहकारी संस्था लि. बागलुङको अध्यक्षमा पुनः चण्डिप्रसाद शर्मा पौडेल चयन भएका छन् । संस्थाको प्रथम वार्षिक साधारण सभाले पौडेलको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र रेशमवहादुर के.सीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्मतीबाट चयन गरेको हो ।

सस्थाको उपाध्यक्षमा अशोक गोविन्द राजभण्डारी, सचिव रामवहादुर के.सी, सहसचिव सन्तोष रावल, कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठ, सदस्यहरु गणेश वरुवाल, दुर्गादत्त आचार्य, शिशिर पन्त, पवनलाल राजभण्डारी, खिमानन्द पौडेल, अमरवहादुर कार्की, अम्वीका वस्नेत र जसुदा खड्का चयन भएका छन् लेखा समिति सदस्यमा हेमवहादुर खत्री र कविता शर्मा सापकोटा चयन भएकी हुन् ।
सभाको उद्घाटन गर्दै वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा पौडेलले धौलागिरी बासीले अझैपनी गुणस्तरी स्वास्थ्य सेवा पाउन नसकेको र जनताको जीवनसंग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यसेवालाई व्यवसायीक भन्दा पनि सेवाको रुपमा लिएर प्रभावकारी र गुणस्तरीय वनाउने तर्फ मुक्तिनाथ स्वास्थ्य सहकारी लाग्नुपर्र्ने कुरामा जोड दिए । कार्यक्रममा विशिष्ठ अतिथी देववहादुर श्रेष्ठ, जिल्ला सहकारी संघ लि. वागलुङका सञ्चालक सदस्य धुर्वप्रसाद शर्मा, जिल्लाका सम्पूर्ण सहकारी संस्थाहरुको तर्फवाट सुविधा वहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजु खड्का लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा सचिव कृष्णशंकर श्रेष्ठले संस्थाको आ.व. ०७१÷०७२ को प्रगती र ०७२÷०७३ को प्रस्तावित नीति तथा कार्यक्रम, कोषाध्यक्ष अशोक गोविन्द राजभण्डारीले आर्थिक प्रगती प्रतिवेदन र लेखा समिति सदस्य रेशमवहादुर के.सीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थामा हालसम्म १२८ जना शेयर सदस्य र शेयर पुँजी १ करोड ७५ हजार रहेको छ । संस्थाले आगमी वर्ष ३०५ जना शेयर सदस्य, शेयर पुँजी १ करोड ५० लाख, बचत संकलन १ करोड र संस्थको विकास वृद्धि र क्षमता अनुसार सदस्यहरुलाई स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा, वित्तीय सेवा लगाएतका सेवा सुविधा उपलव्ध गराउने निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय