२१ कात्तिक २०८३, शनिवार

बलेवा एकता साकोसको पाचौँ वार्षिक साधारण सभा सम्पन्न

२०७२ पुष २७, सोमबार
बलेवा एकता साकोसको पाचौँ वार्षिक साधारण सभा सम्पन्न

बागलुङ । बलेवा एकता बचत तथा ऋण सहकारी संस्था लि. नारायणस्थान–७, बागलुङको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी वागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बलेवा एकता साकोसले समुदायमा आधारीत रहि सहकारी मार्फत सञ्चालन गरेको वित्तीय र गैरवित्तीय सेवा अत्यन्त प्रशंसनीय रहेको बताए ।

शर्माले सहकारी संस्थाहरु समयको परिवर्तनसंगै परिस्कृत र प्रविधिगत ढंगले सञ्चालन हुुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका गाविस सभापती दिर्घनारायण श्रेष्ठ, ने.क.पा. एमालेका टिका वहादुर खत्री, ए.माओवादी नारायाणस्थानका ईन्चार्ज धुर्वप्रसाद परियार, रा.ज.मो ग्राम समिति नारायणस्थानका अध्यक्ष लक्ष्मी नारायण श्रेष्ठ, रा.प्र.पा का गोविन्द पौडेल, ने.वि.संघ नारायणस्थानका युवा नेता डिल्लीराम सुवेदी, नेपाल रेडक्रस सोसाईटी नारायणस्थान उपशाखाका अध्यक्ष आत्मराम शर्मा, निवर्तमान गाविस अध्यक्ष कृष्णवहादुर खत्री, सम्पूर्ण सहकारीको प्रतिनिधित्व गर्दै पाञ्चायन साकोस पैयुपाटाका अध्यक्ष अम्मरवहादुर खत्री लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाले संस्थाको दिगो र संस्थागत विकासका लागि योगदान पु¥याउनु हुने उत्कृष्ठ बचतकर्ता निरज शर्मा, वढी रेमिट्यान्स प्राप्त हुने डिलक्ुमारी शर्मा, उत्कृष्ठ विद्यार्थि छात्र रोशन पौडेल, छात्रा संगिता पौडेल, उत्कृष्ठ भूपु कर्मचारी विन्दु खड्का र सरिता रेग्मीलाई सम्मान गरेकोे थियो । सभामा संस्थाको आ.व. ०७१÷०७२ को प्रस्तावीत नीति तथा कार्यक्रम अध्यक्ष ढुण्डीराज शर्मा, वार्षिक प्रगती प्रतिवेदन सचिव भरत पौडेल र आर्थिक प्रतीवेदन कोषाध्यक्ष सुमनप्रसाद गौडेलले प्रस्तुत गरेका थिए ।

संस्थामा हाल सम्म ५३३ जना शेयर सदस्य, शेयर पुँजी ८५ लाख ३२ हजार, कुल ऋण लगानी ६ करोड ६ लाख ५० हजार ५७ , बचत ६ करोड ८० लाख ३३ हजार ६ सय ४८ र संस्थाको कुल सम्पती ८ करोड ८५ लाख ६ हजार २ सय ४२ रुपैया रहेको छ ।

अभिलेख

लोकप्रिय