सहकारी नेपाली समाजको एकता र प्रगतिको आधार : पूर्व मन्त्री पाैडेल
बारा । पूर्व युवा तथा खेलकुद मन्त्री एवम् बारा क्षेत्र नं. ६ का सांसद पुरुषोत्तम पौडेलले सहकारी नेपाली समाजको एकता, मेलमिलाप र प्रगतिको आधार भएको बताएका छन् ।
आज बाराको रतनपुरीमा सुनाखरी कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा उदघाटन गर्दै पौडेलले नयां संविधानले सहकारीलाई उच्च प्राथमिकता दिदै नेपाली समाजको रुपान्तरण र समृद्धिका लागि सबै सहकारीकर्मीहरु गम्भिर र जिम्मेवार हुुनुपर्ने बताए । सहकारीले सबै जात, आस्था र बिचारका नागरिकहरुलाई एकतावद्ध बनाएर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले यसप्रति आकर्षण बढेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ््स्कून) का सञ्चालक कृष्ण पौडेलले सहकारी अभियान चेतना, नैतिकता र कर्तव्यपरायणताको आन्दोलन भएकोले यसलाई व्यवस्थित बनाउन राज्यले सहयोग गर्नुपर्ने बताए । सहकारीमार्फत राज्यले आम नागरिकलाई विकासको मूलप्रवाहमा समाहित गर्ने नीति तथा कानून बनाउन जिम्मेवार हुनुपर्ने पौडेलले आग्रह गरे ।
संस्थाका अध्यक्ष शान्तबहादुर दाहालको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, हिमचुली साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष एकबहादुर श्रेष्ठ, स्थानीय समाजसेवी शंकर रुम्वालगायतले आफ्नो धारणा राखेका थिए ।
सहकारीले सात सय सदस्यहरुवीच एक करोडको कारोवार गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
