सेवामुलक काममा राेयल सहकारी अगाडी
काठमाडाैं । रोयल बहुउद्देश्यीय सहकारी सस्थाको १८ औं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा वरिष्ठ पत्रकार पुरुषोतम दाहालले सहकारी समाजवाद र साम्यवादको संयोजन भएको बताए ।सहकारीले सबैलाई समेटेर लैजानुपर्नेमा जाेड दिए ।
संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको संस्थाका सचिव सिताराम काफ्लेले बताए ।
साधारणसभामा संस्थाले विभिन्न विधामा पुरस्कृत तथा सम्मानित गरेकाे थियाे ।
सहकारी क्षेत्रमा अग्र स्थानमा रहेको यस संस्थाको व्यवस्थापन पक्ष निकै बलियो छ । लामो समयदेखि बैकिङ्ग क्षेत्रमा कार्य गरि सकेका दक्ष र अनुभवी व्यत्तिहरुवाट संचालित यस संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी बिभिन्न किसीमका सेवामुलक कामहरु गर्दै आएको छ ।
दश करोडको पुँजी रहेको संस्थाले आवश्यकता अनुसार जारी तथा चुक्ता पुँजी साधारण सभावाट बृद्धि गर्दै लग्ने व्यवस्था गरेको गरेको छ । संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदीका लागी सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार

