२१ कात्तिक २०८३, शनिवार

सितापाईला सहकारीको साधारणसभा, जगेडा कोषमा १ करोड ३९ लाख

२०७२ पुष २६, आईतवार
सितापाईला सहकारीको साधारणसभा, जगेडा कोषमा १ करोड ३९ लाख

काठमाडौं । सितापाईला बहुउद्देश्यीय सहकारी संस्था लिमीडेटको १६ औं वार्षिक साधारणसभा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद नविन्द्रराज जोशीको प्रमुख आतिथ्यमा  सम्पन्न भएको छ ।

साधारणसभाले बार्षिक प्रतिवेदन,  अार्थिक प्रतिवेदन र लेखा समितिकाे प्रतिवेदन सर्वसम्वतले पारीत गरेकाे छ । सभामा संस्थाका अध्यक्ष केदार मानन्धरले सहकारीका सदस्य बढ्नु नै सहकारीको सफलता हुने बताए ।

संस्थाकाे ४ करोड ३७ हजार शेयर पुँजी रहेकाे छ । संस्थाले दिएकाे जानकारी अनुसार बचत तथा निक्षेप–४४ करोड १६ लाख ६८ हजार २ सय, कुल लगानी ३० करोड १७ लाख १८ हजार र अन्य लगानी ८३ लाख १४ हजार रहेको छ । सहकारीमा जगेडा कोष तथा अन्य कोषहरुमा १ करोड ३९ लाख ९२ हजार ६ सय ५४ रुपैया रहेको बार्षिक प्रतिवेदनमा उल्लेख छ । जसमध्ये स्थिर सम्पत्ति ११ करोड ७ लाख ८९ हजार ९ सय, नगद तथा बैंक मौज्दात ५ करोड ४५ लाख ७८ हजार ८ सय, बाह्य ऋण ४ करोड २८ लाख ११ हजार २ सय ३५ रुपैया रहेको छ ।

sitapaila coop 2

काे-काे भए सम्मानीत ?

साधरणसभामा उस्सु खेलमा उल्लेखनिय योगदान पु¥याएको भन्दै प्रशिक्षक कुमारबहादुर दाहाल र साहित्यकार तथा प्राज्ञ ज्ञानमणी नेपाललाई दोसल्ला, नगद तथा प्रमाणपत्र सहित सम्मान गरिएको छ । यस्तै उत्कृट कार्य गरेको भन्दै सहकारीमा आवद्ध चिसा महिला समूह, बाडभञ्याङ काठमाडौं, र थाप्ले महिला समूह, भिमढुङगा काठमाडौलाई पनि सम्मान गरिएको थियो । sitapaila sahakari

अभिलेख

लोकप्रिय