२१ कात्तिक २०८३, शनिवार

सिद्धिविनायक सहकारीको अध्यक्षमा निरञ्जन पौडेल

२०७२ असोज १०, आईतवार
सिद्धिविनायक सहकारीको अध्यक्षमा निरञ्जन पौडेल

काठमाडौं । ललितपुर जिल्ला महालक्ष्मी नगरपालिक– ३ स्थित सिद्धिविनायक बहुद्देश्यिय सहकारी संस्थाको नवौं साधारणसभाले निरञ्जन पौडेलको अध्यक्षतामा सात सदस्यीय संचालक सिमिति गठन गरेको छ ।त्यस्तै सुनिल पोखरेलको संयोजकत्वमा ३ सदस्यिय लेखा समिति समेत गठन गरेको छ ।

नवनिर्वाचित सञ्चालक समितिमा उपाध्यक्ष पुरुषोत्तम पोखरेल, सचिवमा ईश्वर पोखरेल, कोषाध्यक्ष महेश खड्का र सञ्चालकहरुमा केशर सिल्वाल, सिर्जना ढकाल र प्रमिला पोखरेल रहेका छन् । त्यस्तै लेखा समिति सदस्यहरुमा अच्युत पौडेल र जयन्ती पोखरेल निर्विरोध चय भए ।

siddibinayak sahakari
संस्थाका अध्यक्ष शशिधर पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैंकका सञ्चा

लक सरिता भटट्राई, राष्ट्रिय सहकारी विकास वोर्डका सल्लाहकार विजयराज घिमिरे, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल लगायतको समेत उपस्थित रहेको थियो ।siddibinayak sahakari2

१९ लाख ७ हजार ४ सय शेयर पुँजी रहेको यस संस्थाको कूल निक्षेप १करोड २२ लाख रहेको छ । त्यस्तै संस्थाको कुल लगानी ८८ लाख रहेको छ ।

अभिलेख

लोकप्रिय