दीगो सहकारी अभियानले मुलुकको आर्थिक समृद्धि र सामाजिक एकताको नेतृत्व गर्ने
सर्लाही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले दीगो सहकारी अभियानले मुलुकको आर्थिक समृद्धि र सामाजिक एकताको नेतृत्व गर्ने बताएका छन् ।
सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको सो¥हौं वार्षिकोत्सव तथा साधारणसभामा सम्वोधन गर्दै घिमिरेले सहकारी सुशासन र नियमनका लागि साकोस एकरुपता प्रणाली र एकीकरण अभियान अघि बढाउन जरुरी रहेको बताए ।
कार्यक्रममा सहकारी तथा गरीवी निवारण मन्त्रालयका सहसचिव सुदर्शन ढकालले सहकारी सुशासन र नियमनलाई प्रभावकारी बनाउने तयारी सरकारले गरेको बताए । सहकारी क्षेत्रमा देखिएका बेथिति र दण्डहिनताको अन्त्य गर्ने गरी सहकारी ऐन ल्याउने तयारी सरकारले गरिरहेको समेत बताए ।
त्यस्तै नेफ्स्कूनका सञ्चालक एवम् हरिवन फिल्ड कार्यालयका संयोजक कृष्ण पौडेलले सहकारी क्षेत्रलाई सम्वैधानिक रुपमा गरिएको सम्वोधन स्वागत गर्दै सोही अनुरुप कानून र नीतिनियम बनाउन आग्रह गरे ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
