२१ कात्तिक २०८३, शनिवार

संविधानको खुशियालीमा दोलखाका सहकारी संघ/संस्थाले विजय उत्सब मनाउने

२०७२ असोज १, शुक्रबार
संविधानको खुशियालीमा दोलखाका सहकारी संघ/संस्थाले विजय उत्सब मनाउने

दोलखा । ‘नेपालको संविधान २०७२’ आउने खुसियालिमा दोलखा जिल्लाका सहकारी संघ/संस्थाले विजय उत्सब मनाउने निर्णय गरेका छन् ।

जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष शिवजी राउतको अध्यक्षतामा भएको वैठकले उक्त निर्णय गरेको हो ।

शुक्रबार जिल्ला सहकारी संघ, दोलखाको आयोजनामा संघको कार्यालयमा संघ/संस्थाका अध्यक्ष एंव प्रतिनिधिको बैठकले संविधान जारी हुने दिन असोज ३ गते वेलुका ५ बजे सबै सहकारी संघ/संस्थामा दिपावली तथा असोज ४ गते सम्पुर्ण सहकारी संघ/संस्था बन्द गरेर विजय र्यालीमा गर्ने र र्यालीमा सबै सहकारीका संञ्चालक कर्मचारी र शेयर सदस्यलाई आ–आफ्नो मोलिक झाकीसहित र्यालीमा सहभागि हुन अनुरोध गरेको छ ।

वैठकमा जिल्ला सहकारी संघका पदाधिकारी संञ्चालक सदस्य, विषयगत संघका अध्यक्ष एंव भिमेश्वर नगरपालिका भित्रका सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

विजय र्याली सदरमुकाम चरिकोटमा संघको नेतृत्वमा र सदरमुकामको अलवा जिरी, मैनापोखरी, सिंगटी जफे, लगाएतका स्थानमा आयोजना हुनेछ ।

अभिलेख

लोकप्रिय