२१ कात्तिक २०८३, शनिवार

आईसिएको कार्यक्रममा सहभागीहुन नेपाली टोली बैंकक प्रस्थान

२०७२ भदौ ३०, बुधबार
आईसिएको कार्यक्रममा सहभागीहुन नेपाली टोली बैंकक प्रस्थान

काठमाडौं । अन्तराष्ट्रिय सहकारी महासंघ (आईसिए), एसिया प्रशान्त युवाको सहकार्य र विश्वविद्यालय/क्याम्पस सहकारी समितिद्धारा थाईल्याण्डको बैंककमा आयोजना हुने “सहकारी दशकमा दिगो विकास तथा अग्रसरता” बिषयकको गोष्ठिमा सहभागीहुन नेपालका प्रतिनिधि त्यस तर्फ प्रस्तान गरेको छ  ।


गोष्ठिमा सहभागीता जनाउन राष्ट्रिय सहकारी बैंकबाट ५ जना प्रतिनिधि त्यस तर्फ प्रस्तान गरेको हो । बैंकका कर्मचारी बुद्धराम बल, संगम बचत तथा ऋण सहकारी नुवाकोटका विष्णु श्रेष्ठ र दिनेश कुमार श्रेष्ठ, शिखरदिप सहकारी भक्तपुरका बिनस सैजु, बालकुमारी सहकारी भक्तपुरका सुदिप श्रेष्ठ रहेका छन् ।

सेप्टेम्बर १७ देखि २० सम्म संचालन हुने गोष्ठीमा आईसिएका बोर्ड सदस्य आदित्य यादबले बिशेष सम्बोधन गर्ने कार्यक्रम छ । सहकारी क्षेत्रमा युवा सहभागिता, सहकारीमा युवाको भविष्य लगायतका बिषय प्रति केन्द्रित उक्त कार्यक्रममा सहकारी मार्फत दिघो वृद्धि र विकास तर्फ अगाडी बढदाको मर्म झल्किने पोस्टर प्रतियोगीता समेत हुने आयोजकले जनाएको छ । यस कार्यक्रमको सहभागिता पश्चात सहकारी बैंकको योजना अनुरुप युबाहरुलाई सहकारी क्षेत्रमा सहभागी गराउन थप टेवा मिल्ने बैंकका प्रबन्ध सन्चालक केबि उप्रेतीले जानकारी दिए ।

गोष्ठिमा युवा तथा विश्वविद्यालय/क्याम्पस सहकारीका भूमिका, रोजगारी, बृत्तिविकास लगायत विविध बिषयमा प्रस्तुति तथा छलफलको कार्यक्रम रहेका छन । साथै विश्वविद्यालयमा शैक्षिक भ्रमणको कार्यक्रम समेत रहेको छ ।

जकार्तामा २०१६ मा हुने एसिया प्रशान्त सहकारी मन्त्रि स्तरीय सम्मेलनमा युवा क्याम्पस मुभमेन्टको प्रयोगका लागि गोष्टिमा संकल्प प्रस्ताव समेत गराई राय संकलन हुनेछ । कार्यक्रमको अन्तिम दिन संस्कृतिक भ्रमणको कार्यक्रम रहेको छ । यस गोष्टि कार्यक्रममा सहभागीहरुको सक्रिय भूमिकाका साथै यसवाट सहभागीहरुको उच्च मनोबल, युवा तथा सहकारी क्षेत्रमा प्रभावकारी सक्रियताको अपेक्षा गरिएको  उप्रेतीले बताए ।

अभिलेख

लोकप्रिय