२१ कात्तिक २०८३, शनिवार

भारतीय सहकारी इफ्कोको राहत भक्तपुरमा

२०७२ जेठ १३, बुधबार
भारतीय सहकारी इफ्कोको राहत भक्तपुरमा

काठमाडौं । इन्डियन फार्मरस् फर्टिलाईजर को–अपरेटिभ (इफ्को)ले  भूकम्प पीडितहरुका लागि पठाइएको राहत भक्तपुरमा वितरण गरिएकाे छ ।

उक्त राहत जिल्ला सहकारी संघ भक्तपुरले जिल्लामा भूकम्पमा परी निधन भएका परिवारलाई बुधबार राहत सामग्री वितरण गरेको हाे ।
इफ्कोद्वारा पठाइएको दशहजार बोरा राहत सामग्री नेपालका भूकम्पपीडितलाई राष्ट्रिय सहकारी संघले जिल्ला संघहरुमार्फत वितरण गरिरहेको छ । भक्तपुरका लागि ५ सय ५९ थान राहत सामग्री दिइएको थियो । संघले जिल्लाभर भूकम्पमा परी निधन भएका ३ सय ६८ मृतकका परिवालाई पहिलो चरणमा वितरण गरिएको र बाँकी सामग्री स्थानिय सहकारीको सहकार्यमा ताथली गाविसका अति प्रभावित र विपन्न परिवारलाई प्रदान गरिने संघका अध्यक्ष सुरेन्द्रप्रताप शाहले जानकारी दिए ।

राहत सामग्रीमा चामल, दाल, तेल, चिनी, चियापत्ति, बेसार, धुलो दुध, सलाई, मैनबत्ती, नुन, अचार, गेडागुडी, प्लाष्टिक सिट, लत्ता कपडा लगायत १९ प्रकारका सामग्री रहेको संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय