२१ कात्तिक २०८३, शनिवार

भूकम्प पीडितलाई भारतीय सहकारी इफ्कोको सहयोग

२०७२ वैशाख ३१, बिहिबार
भूकम्प पीडितलाई भारतीय सहकारी इफ्कोको सहयोग

काठमाडौं । भारतको इन्डियन फार्मरस् फर्टिलाईजर को–अपरेटिभ (इफ्को) ले भुकम्प प्रभावित जिल्लाका पीडितलाई राहत वितरण गरेको छ ।

१० हजार घरवार परिवारलाई राहत सामग्री वितरण गर्ने कार्यक्रम बमोजीम पहिलो चरणमा गोरखा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका २ हजार ५ सय ६२ पीडित परिवारलाई राहत प्याकेट वितरण गरिएको छ ।

सो मध्ये गोरखा जिल्लाको धुवाँकोट गाविसका पीडितलाई ८ सय ९४ प्याकेट, काभ्रेपलाञ्चोक जिल्लाको नाला स्थित उग्रचण्डि तथा टुकुचा गाविसका पिडितलाई ७ सय ८९ प्याकेट र सिन्धुपाल्चोक जिल्लाको कून्चोक गाविसका पिडितहरुलाई ८ सय ७९ प्याकेट वितरण गरेको हो ।

प्याकेटमा त्रिपाल, लत्ताकपडा, खाद्यान्न, दुध पाउडर, मर मसला लगायतका सामग्री रहेको छ । यसैगरी राहत वितरणको दोश्रोे चरणमा गोरखा, काभ्रे, धादिङ, नुवाकोट लगायतका जिल्लाहरुमा करिब ४ हजार प्याकेट वितरण गरिने जनाएको छ ।

राहत वितरणमा राष्ट्रिय सहकारी संघले सहयोग गरीरहेको छ ।

अभिलेख

लोकप्रिय