२१ कात्तिक २०८३, शनिवार

भुकम्प पीडितलाई साना किसान डुमरवानाको राहत

२०७२ वैशाख २७, आईतवार
भुकम्प पीडितलाई साना किसान डुमरवानाको राहत

बारा । बैशाख १२ गते गएको विनाशकारी भुकम्पमापरि ज्यान गुमाएका तथा घरबार विहिन परिवारका लागि साना किसान कृषि सहकारी संस्था, डुमरवानाले २ लाख ७१ हजार ८५ रुपैंयाको राहत वितरण गरेको छ ।

त्यस्तै संस्थाले सदस्यलाई पर्ने समस्या र पीडामा राहत दिनको लागि ‘सदस्य स्वास्थ्य तथा प्राकृतिक प्रकोप राहतकोष’ को स्थापना गरेको छ । सदस्यहरु प्राकृतिक प्रकोप र स्वास्थ्य समस्याबाट पिडित भएको अवस्थामा उद्धार गर्ने हेतुले ५ लाख बराबरको उक्त राहत कोष स्थापना गरेको संस्थाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।

कोषको बृद्धिकालागि प्रत्येक सदस्यहरुबाट एक सय, संचालक, लेखा, कर्मचारी सबैबाट एक/एक दिनको बैठक भत्ता, पारिश्रमिक तथा तलब बरावरको रकम सहयोगको लागि आग्रह गरिएको उनले बताए । कोषलाई १५ लाखको पुर्याउने र विउ पूँजीबाट कहिल्यै पनि घट्न नदिने लक्ष्य राखिएको अध्यक्ष न्यौपानेले बताए ।

अभिलेख

लोकप्रिय