२१ कात्तिक २०८३, शनिवार

सरकार ठुलो कि केशव वडाल ?

२०७२ वैशाख २६, शनिवार
सरकार ठुलो कि केशव वडाल ?

काठमाडौं । सरकारले गत चैत २९ गते अध्यादेश मार्फत सहकारी ऐनको दोस्रो संशोधन गरेको थियो ।

अध्यादेश जारी भएपछि धेरैले यसलाई स्वागत योग्य कामको रुपमा लिएका थिए । केही पहुँचवाला सहकारीकर्मीहरुको दबाबमा सहकारी तथा गरीबी निवारण मन्त्रालयले बनाएको मस्यौदालाई कानुन मन्त्रालयले खुकुलो बनाई सरकारलाई पेश गरेको थियो । अध्यादेश नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को रिफारिसमा राष्ट्रिपति डा. रामवरण यादवबाट जारी चैत २९ गते जारी भएको हो ।

अध्यादेश नेपाल राजपत्रमा समेत प्रकाशित भैसकेको छ । तर अध्यादेश जारी भएको २६ दिन पछि सहकारी संघ संस्थाको अभिभावक निकाय राष्ट्रिय सहकारी संघले विरोध गरेको छ । संघले प्रेस विज्ञप्ति जारी गरी विरोध गरेको हो । केही सहकारीकर्मी हरुको दबाममा संघले विज्ञप्ति निकालेको बुझिएको छ ।

संघले अध्यादेशको विरोध जनाएपछि यतिबेला सामाजिक संजाल तथा वेभ साइटहरुमा संघका अध्यक्ष केशव वडालको व्यापक विरोध भएको छ । सामाजिक संजालमा नेपाल सरकार ठूलो कि केशव वडाल ?, अध्यादेशबाट जारी भैसकेको ऐन खारेज गर्न पाइदैन । लगायतका विरोध आउन थालेको छ ।

अभिलेख

लोकप्रिय