उद्धारकार्यको स्थलगत निरीक्षण
भक्तपुर । भक्तपुरमा भारतीय सेनाले गरिरहेको उद्धारकार्यको नेपालका लागि भारतीय राजदूत रञ्जित रायले बिहीबार स्थलगत निरीक्षण गरेका छन् ।
राजदूतले भक्तपुर-२ स्थित जेँला र मकोका भूकम्पले भत्काएका घरसमेत निरीक्षण गरेका हुन् । उनलाई भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल एके शर्माले उद्धारकार्यबारे बिफ्रिङ गरेका थिए।
भारतीय सेनाका प्राविधिकले भक्तपुरमा भूकम्पले भत्काएका घरका भग्नावशेष हटाउने र नगर क्षेत्रमा बाटो खुला गर्ने काम गरिरहेकाे छ । प्राविधिकले एउटा जेसीभी र ६ वटा मिनी एक्साभेटर प्रयोग गरेर भग्नावशेष हटाउने काम गरिरहेको हो।
वैशाख १६ गते नेपाल आइपुगेको ५० जनाको टोलीले विभिन्न ६ क्षेत्रमा काम गरिरहेको छ । राजदूतले भक्तपुर पुरातात्त्विक महत्त्व बोकेको सम्पदास्थल भएकाले सजग भई काम गर्न भारतीय प्राविधिक टोलीलाई सुझाव दिए। उनले स्थानीयका घर सफा गर्नुअघि अनुमति लिनसमेत सचेत गराए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
