भारतीय उच्च अधिकारीको टोली नेपाल भ्रमणमा, सक्दो सहयोग गर्न तयार
काठमाडौं । नेपालमा भूकम्पले पुर्याएको क्षतिको जानकारी लिन र सम्भावित भारतीय सहयोगबारे छलफल गर्न भारतीय एक उच्च सरकारी अधिकारीको टोली शुक्रबार नेपाल भ्रमणमा आएको छ। भारतीय अधिकारीहरूले नेपाललाई सक्दो सहयोग गर्न भारत तयार रहेको बताएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव सुब्रमण्यम जयशंकरले अवस्थाको अध्ययन गरेका हुन् । उनीहरुले राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, गृहमन्त्री वामदेव गौतम, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, प्रधानसेनापति गौरवशमशेर राणासँगको भेट गरेका छन् । भेटका क्रममा विपतमा भारतले जस्तोसुकै सहयोग गर्न भारत सरकार तयार रहेको बताएका छन् ।
ुनेपालमा गएको विनासकारी भूकम्पले निम्त्याएको विनाशप्रति भारत स्तब्ध भएको उनीहरुले बताए । नेपालले चाहेअनुसारको सहयोग उपलब्ध गराउन आफूहरु इच्छुक रहेको जानकारी उनीहरुले भेटका क्रममा गराएका थिए । नेपालको भौतिक पुनर्निर्माणमा हरतरहले सघाउन भारत सरकार तयार रहेको पनि उनीहरुले जनाएका छन् । यही कुरा आफूहरुले नेपालका शीर्ष नेतृत्वसँग जानकारी गराएको डोभालले स्वदेश फर्किनुअघि त्रिभुवन विमानस्थलमा संचारकर्मीसँग शुक्रबार जानकारी गराएका छन् ।
महाभूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक पुगेर फर्केका भारतीय सुरक्षा सल्लाहकार डोभालले नेपालमा भारतीय चिकित्सक, उद्धार तथा सैनिक टोलीले उद्धारकार्यलाई तीव्रता दिइरहेको समेत जानकारी गराएका थिए ।
भारतीय टोलीले नेपालमा गरिरहेको उद्धारको कामप्रति प्रधानमन्त्रीलगायत नेपाली उच्च अधिकारीले प्रशंसा गरेको समेत उनले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
