‘बरु नबाँचेको भए हुन्थ्यो'
नुवाकोट । शनिबारको महाभूकम्पले उनका दुवै छोरालाई मृत्युको मुखमा धकेलिदियो, तर उनले समयमै खोस्न भ्याइन् र बचाइन्। भूकम्पबाट भत्किएको घरले पुरिएका तीनवर्षे प्रितम र आठवर्षे पृथ्वी दुवै जीवितै उद्धार गरिए। दुई छोरा र आफू बाँच्न सफल हुँदा पनि नुवाकोट, तुप्चे–१ की रमिला अधिकारीलाई भने मनमा रत्ति खुसी छैन। सामान्य चोट र त्रासले सानो छोरो प्रितमलाई हनहनी ज्वरो आइरहेको छ। उसले जाउलो खान मन गर्यो् तर पाएन। रमिलासँग अहिले न घर छ न एक गेडो चामल।
style="text-align: justify;">‘जिउँदै छौ कि मर्यौ भनेर सोध्न आउनेसम्म कोही भएनन्,’ भूकम्पको पाँचौं दिन भत्किएको घरछेउ टोलाउँदै गरेकी गेर्खु–२ की सावित्री छिमेकीसँग सुनाउँदै थिइन्। class="itemFullText" style="text-align: justify;"> भूकम्पले घर र मान्छे मात्र होइन, पानीघट्ट र धान कुट्ने मिलसम्म छाडेन। ज्यान जोखिममा राखेर भत्किएको घरबाट निकालिएको धान कुट्न र मकै पिस्न पनि सकिरहेका छैनन् गाउँले। पसल भत्किएकाले व्यापारीले थप सामान मगाउन सकेका छैनन्। पैसा हुनेले किन्नसमेत पाएका छैनन्। राहत र सहयोग रकमको ओइरो लागेको सुने पनि गाउँमा केही पुगेको छैन। ‘आफन्त र श्रीसम्पत्ति गुमाउनुको पीडा त छँदैछ, भूकम्पबाट बाँचेकाहरू पनि मर्ने भयौं,’ तुप्चे–१ का राजु पौडेलले गुनासो गरे। महाभूकम्पको छैटौं दिनसम्म पनि प्रशासनका तर्फबाट गाउँमा कोही नआएपछि नुवाकोट र रसुवा जिल्लाका भूकम्पपीडित निराश छन्। गाउँ सञ्चार र विद्युतविहीन छन्। class="itemFullText" style="text-align: justify;"> छिमेकी रसुवाको हाल त्यस्तै छ। शतप्रतिशत घर ध्वस्त छन्। नढलेका घरमा पनि भित्र छिर्ने अवस्था छैन। तीन हेलिकप्टर लगातार घरमाथि उडिरहेका छन्, घाइते सर्वसाधारणको उद्धार गर्न होइन, घाइते सेना र पर्यटक ओसार्न।
भूकम्पले छिया–छिया घर हेलिकप्टरको कम्पनले थप भत्किरहेका छन्। पुरिएका अन्नपात झिक्ने कोसिस गरिरहेका गाउँले हेलिकप्टरको कम्पनले ढुँगामाटो खसेर घाइते भइरहेका छन्। class="itemFullText" style="text-align: justify;"> घाइतेको चापले अस्पतालमा उपचार पाउने अवस्था छैन। लगातारको वर्षा र चिसोले सुत्करी महिला, बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। गाउँलेले बनाएको शिविरमा महामारी फैलने जोखिम उत्तिकै छ। पाल नपुग्दा घरविहीन सबै खुला आकाशमुनि बस्न बाध्य छन्। घर र भएभरको जायजेथा भूकम्पमा परी पुरिँदा मृतकको काजकिरिया गर्न पनि समस्या छ। पण्डितले १० औं दिनपछि मात्रै सामूहिक किरिया गर्न सुझाव दिएका छन्।
‘बाँच्नेहरू नै मर्नु त भएन नि,’ गाउँका पण्डित कृष्णप्रसाद पौडेलले भने, ‘एघारौं दिनमा एक माना जौको पिण्ड दिएर किरिया सक्न सुझाव दिएको छु।’ class="itemFullText" style="text-align: justify;"> खाद्यान्न अभावसँगै गाउँमा चोरी र लुटपाटका घटना सार्वजनिक हुन थालेका छन्। छिमेकी रसुवा जिल्लाबाट ठूलो मानवीय क्षतिका खबर आइरहेका छन्। तामाङ बस्तीमा धेरै ज्यान गएको अनुमान छ। तामाङहरू बिहान काममा जाने र मध्याह्नतिर खाना खान घर आउने समय भएकाले पनि धेरै क्षति भएको अनुमान छ। यकिन तथ्यांक छैन। भूकम्पबाट बाँच्न सफल गाउँले पनि त्रस्त देखिन्छन्। – नागरिक दैनिक class="fb-background-color"> class = "fb-comments" data-href = "http://www.sahakarikhabar.com/2015/05/01/%e0%a4%ac%e0%a4%b0%e0%a5%81-%e0%a4%a8%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%9a%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a4%8f-%e0%a4%b9%e0%a5%81%e0%a4%a8%e0%a5%8d%e0%a4%a5%e0%a5%8d%e0%a4%af/" data-numposts = "10" data-lazy = "true" data-colorscheme = "light" data-order-by = "social" data-mobile=true>
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
