२१ कात्तिक २०८३, शनिवार

सहकारीको उत्पादन विश्वबजारमा माग

२०७२ वैशाख ८, मङ्गलबार
सहकारीको उत्पादन विश्वबजारमा माग

काठमाडौं । गुणस्तर र स्वादको हिसाबले अन्तर्राष्ट्रिय बजारमा उत्कृष्ठ मानिएको पर्वतको अर्गानिक कफी विश्वबजारमा माग बढेको छ ।

यहाँ उत्पादित कफीको विश्वबजार माग बढे पनि सरकारी निकायबाट सहयोग नहुँदा सोझै निर्यात गर्न सकेका छैनन् । अस्टेलिया, अमेरिमा, जर्मन, कोरियामा अर्गानिक कफीको माग बढे पनि प्रमाणीकरणको समस्याले सोभै निर्यातमा समस्या रहेको जिल्ला कफी सहकारी संघका अध्यक्ष भवानीप्रसाद शर्माले जानकारी दिए ।

‘विभिन्न देशमा पठाएको स्याम्पलमा नेपालमा उत्पादन हुने कफी मध्ये पर्वतको कफी गुणस्तर र स्वादको हिसाबले उत्कृष्ट छ ।’ अध्यक्ष शर्माले भने, ‘सरकारको सहयोग नहुँदा हामी आपैले उत्पादन गरेको कफी आफ्नै ब्रान्ड बनाएर निर्यात गर्न सकिरहेका छैनौँ ।’ कफी निर्यात गर्न राज्यले केही सहयोग गर्ने हो भने निर्यात बढ्नुका साथै किसानले उचित मूल्य पाउने उनको भनाइ छ ।

विदेश निर्यात गर्न आन्तरिक नियन्त्रण प्रणाली (आइसिएस) लागू गर्न अनिवार्य हुन्छ । आइसिएस लागू गर्न सरकारले केही सहयोग गर्ने हो भने सोभै सहकारीको ब्रान्डमा विदेश निर्यात हुने अर्गानिक कफी सहकारी संस्थामा समेत अध्यक्ष रहेका शर्माले बताए । पठाएको स्याम्पल गुणस्तरीय भएपछि यस वर्ष कोरियाले १ मेट्रिकटन माग गरेको उनले बताए ।

‘आफ्नै ब्रान्ड विदेश निर्यात गर्न हामीसँग सर्टिफिकेट छैन ।’ शर्माले भने ‘हामीले उत्पादन गरेको अर्गानिक कफी विभिन्न मध्यस्तताबाट स्वदेश तथा विदेशमा निर्यात हुँदै आएको छ ।’ यदि, हामी आपैले विदेश निर्यात गर्न सक्यौँ भने किसानले उचित मूल्य पाउने उनले बताए । विदेशबाट विभिन्न टोली किसानको बगैँचामै आई कफीको गुणस्तर मापन सकेत हुने गरेको छ ।

कफी प्रशोधन केन्द्र स्थापना गर्न उपकरण खरिदका लागि राज्यसँग बारम्बार आग्रह गरिए पनि त्यसतर्पm राज्यको सहयोग नभएको किसानहरूको गुनासो छ । विभिन्न संघ/संस्थालाई पहुँचका आधामा लाखौँ रकम अनुदान दिए पनि वास्तविक काम गर्ने किसानहरूको मागलाई राज्यले सम्बोधन नगरेको संघका सचिव चित्रबहादुर बस्नेतले बताए । ‘हामीले कुनै राज्यसँग रकम मागेका होइनौँ । केवल कफी प्रशोधनका लागि उपकारण मागेका हौँ’ बस्नेतले भने । किसानले उत्पादन गरेको कफी ज्ञारेन्टीसहित संघले काम गरिरहेको उनले बताए ।

०५७ सालमा स्थापना भएको अर्गानिक कफी सहकारीमा ७४ जना कफी उत्पादन गर्ने किसानहरू सदस्य रहेका छन् । यस संस्थाले कफी खेतीसम्बन्धी प्रविधि, कफी संकलन एवं प्रशोधन, बजारीकरण, मासिक वचत संकलन गर्दै आएको छ । यसका अलवा यस संस्थाले कफी खेतीमा लगानी, बाख्रापालन, भैंसीपालन, माहुरीपालन, कुखुरापालन कफीनर्सरी स्थापना, कृषि फार्म, माछापालनलगायतका क्षेत्रका सदस्यहरूलाई सस्तो व्याजदरमा लगानी गर्दै आएको शर्माले बताए । संस्थाले पर्वत, म्याग्दी र बाग्लुङमा उत्पादन भएको कफीलाई बजारीकरण गर्दै आएको छ । संस्थाले १० मेट्रिकटन उत्पादन गर्दै आएको छ ।

त्यस्तै थार्माजुङस्थित हिमाल कफी सहकारीका समेत अध्यक्ष रहेका बस्नेतले संस्थामा दुई सय १६ जना किसान सहकारीमा आवद्ध भएको बताए । सबै किसानले कफीको व्यावसायिक सुरु गरेको बताए । संस्थामा आवद्ध किसानहरूले यसवर्ष एक मेट्रिकटन कफी उत्पादन गरिएको बताए । ‘नगदे बालीको रूपमा रहेको कफी सम्भावना धेरै भए पनि उत्पादन गरेको कफीले उचित मूल्य पाउन सकेको छैन ।’ उनले भने ।

himal coffee sahakari
परम्परागत बालीभन्दा कफी खेतीबाट राम्रो फाइदा भएको थार्माजुङका किसान चुँडाकुमारी खत्रीले बताइन् । उत्पादन भएको कफी घरबाटै सहकारीले खरिद गरिदिने गरेको उनले बताइन् । पर्वतमा सहकारीमार्पत २२ मेट्रिकटन कफी उत्पादन हुँदै आएको छ । मागको २ प्रतिशत पनि पु-याउन नसकेको संघले जनाएको छ । जिल्ला कफी सहकारी संघमा १६ वटा प्रारम्भिक संस्था आवद्ध छन् ।

अभिलेख

लोकप्रिय