२१ कात्तिक २०८३, शनिवार

‘सहकारी गाउँ’ घोषणा

२०७२ वैशाख ६, आईतवार
‘सहकारी गाउँ’ घोषणा

बागलुङ : जिल्लाको नरेठाँटी गाविसलाई ‘सहकारी गाउँ’ घोषणा गरिएको छ । गाविसका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ‘सहकारी गाउँ’ घोषणा गरिएको हो ।

गाविसभित्र रहेका ६ सय ९० घरबाट महिला सदस्य ‘जीवन साहारा महिला बचत तथा ऋण सहकारी’मा आवद्ध भएका छन् । सरकारी कार्यालय, राजनीतिक दल, सामाजिक संघसंस्था, सहकारीकर्मीलगायतले घोषणाप्रति ऐक्यबद्धता जनाएका छन् ।

महिलाको आर्थिक विकास र सशक्तीकरणका लागि सहकारीमार्फत अभियान थालिएको हो । सहकारीमा आबद्ध भएपछि यहाँका महिला आयआर्जनका कार्यमा जोडिएका छन् । नियमित कारोबार र बचतले उनीहरूको आर्थिक हैसियत पनि बढाउँदै लगेको छ । सहकारीबाट ऋण लिएर महिलाले विभिन्नखाले उद्यमका काम गर्न थालेका छन् ।

नरेठाँटीलाई सहकारी गाउँ घोषणा गरेपछि स्थानीय उत्साहित बनेका छन् । “महिलामा सहकारीप्रतिको रुचि र चासो बढ्दै गएको छ” स्थानीय सामाजिक अगुवा चन्द्रदत्त रेग्मीले भने ।

पछिल्लो समयमा गाउँ–गाउँमा सहकारी विस्तार हुने क्रम बढ्दो छ । जिल्लाका प्रायः सबै गाविसमा सहकारी संस्था स्थापना भइसकेका छन् ।

अभिलेख

लोकप्रिय