भारत स्वतन्त्रताका लागि लडेकि योद्धा बेगमको सम्झाना काठमाडौंमा
काठमाडौं । भारत स्वतन्त्रताको आन्दोलनकी योद्धा बेगम हजरात महलको वार्षिकीको अवसर पारेर काठमाडौंमा स्मरण गरिएको छ । नेपाल–भारत मिलेट परिषद्, काठमाडौं स्थित भारतीय दूतावास, बीपी कोइराला भारत–नेपाल फाउन्डेसन र घन्टाघरको जामे मस्जिदले संयुक्त रूपमा मंगलबार एक कार्यक्रम आयोजना गरी समाधिस्थलमा पुष्पगुच्छा चढाई उनको स्मरण गरेको हो ।
भारतीय दूतावासका चार्ज डी अफेयर्स पीयूष श्रीवास्तवले बागबजारस्थित बेगम हजरतको चिहानमा पुष्पगुच्छा चढाई सम्मान व्यक्त गरेका थिए ।
सो अवसरमा श्रीवास्तवले बेगमले भारतको स्वतन्त्रताका लागि भएको आन्दोलनमा पुर्याएको अविस्मरणीय योगदानको चर्चा गरे । त्यसअघि विद्यार्थी र मदरसाका मौलाभीले फतिअ पढेका थिए ।
बेगम उत्तर प्रदेशका तत्कालीन शासक नवाब बाजिद अलि साहकी धर्मपत्नी हुन् । उनको वास्तविक नाम मुहमदी खानुम भए पनि उनले छोरा बिरजिज क्वादिरलाई जन्म दिएपछि उनलाई ‘हजरात महल’को उपाधि दिइएको थियो ।
उनीले सन् १८५७ को स्वतन्त्रताको लडाइँमा उनले बेलायती साम्राज्यवादविरुद्ध विद्रोह गरेकी थिइन् । आफ्ना पतिलाई कोलकाता निर्वासनमा पठाइएपछि उनले पतिको जिम्मेवारी निभाएकी थिइन् । सो समयमा उनले लखनउमा अधिकार जमाएकी थिइन् ।
उनले आफ्ना छोरा बिरजिज क्वादिरलाई अवाधको शासक बनाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन् । तर, छोटो समय शासन गरेपछि बिरजिजको राज समाप्त भएको थियो । सन् १८७९ मा मृत्यु भएकी बेगमले अन्ततः नेपालमा आश्रय लिएकी थिइन् ।
बेगमलाई आफ्ना शिष्यका लागि बनाइएको हिन्दुस्तानी मस्जिदको आँगननेर पुरिएको थियो । दशकौंपछि सो संरचना भत्काई नयाँ मस्जिद बनाइएको थियो जसलाई अहिले जामे मस्जिदको नामले चिनिन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार


