सहकारी दिवस : काभ्रेमा विविध कार्यक्रम
सन्तोष तिमल्सिना,
बनेपा । ५८ औं राष्ट्रिय सहकारी काभ्रेमा पनि विविध रचनात्मक कार्यक्रम गरी मनाईइको छ । ‘आयत प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने नारालाई आत्मसाथ गर्दै काभ्रेका सहकारी संघ संस्थाहरुले सहकारी दिवस मनाएका हुन् ।
सहकारी दिवसकै अवसरमा काभ्रे पलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले १ दिने उद्घोषण तालिम सम्पन्न गरेको छ । काभ्रेको चेतना केन्द्र बुडोलमा आयोजित उक्त जिल्ला संघमा आवद्ध सहकारी संस्थाका संचालक, समिति, उप समितिका सदस्यहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो । सहकारी संस्थाहरुले आयोजना गरेका कार्यक्रमहरु प्रभावकारी एवं व्यवस्थित ढंगबाट गरी कार्यक्रमहरुबाट थप उपलब्धी हाँसिल सकुन भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका प्रबन्धक ज्ञानेन्द्र दाहालले जानकारी दिए ।
काभ्रे जिल्ला भरीका करीब ३० वटा प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा काभ्रे जिल्ला बचत सहकारी संघका प्रथम उपाध्यक्ष इन्द्रप्रसाद अधिकारी, कोषाध्यक्ष जितेन्द्र नकर्मी, शिक्षा उप समितिका सदस्य, दण्डपाणी अधिकारी, जीवन श्रेष्ठ, प्रशिक्षक एवं कन्ट्री डेवलभमेन्ट बैंकका अध्यक्ष इन्द्रनारायण भैल लगायतको उपस्थित रहेको थियो ।
सहकारी दिवस मनाउने क्रममा डिभिजन सहकारी कार्यालय काभ्रे तथा जिल्ला सहकारी संघ काभ्रेले जिल्ला व्यापी कविता प्रतियोगिताको आयोजना गरेको छ ।
विन्धवासिनी बचत सहकारी संस्था लि ले काभ्रेको भकुण्डेवेशीमा सहकारी शिक्षा शिविरको गरेको छ । सहकारीमा आवद्ध शेयर सदस्य गैर सदस्यहरुलाई सहकारीको परिचय, आर्थिक तथा सामाजिक रुपान्तरणमा सहकारी संस्थाको भूमिका, उद्देश्य र गरीबि निवारणमा सहकारीले पुर्याएको योगदानका साथै विन्धकासिनी सहकारीले गर्दै आएको सेवा र संचालित कार्यक्रमहरुको बारेमा जानकारी गरिएको थियो ।
यस्तै बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि ले पनि काभ्रेका विभिन्न सहकारी संस्थाहरुका प्रतिनिधिहरुलाई जैविक खेती प्रणालीका बारेमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ । काभ्रेमा अवस्थित अन्य सहकारी संघ संस्थाहरुले पनि रचनात्मक कार्यक्रमहरु आयोजना गरी सहकारी दिवस मनाएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
