नेफ्स्कून पदाधिकारी चितवनमा सम्मानित
सिमरा, २१ पुस । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी अभियानका उपलव्धिहरुलाई संस्थागत गर्दै विकृति विसंगतिहरुलाई हल गर्न छुट्टै बचत तथा ऋण सहकारी ऐन आवश्यक रहेको बताका छन् ।
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ र स्थानीय बचत तथा ऋण सहकारीहरुको संयुक्त आयोजनामा नेफ्स्कूनका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन् । घिमिरेले कतिपय सहकारीहरुले आफ्नो लगानी अनुत्पादक क्षेत्रमा गरेका, जोखिम व्यवस्थापन गर्न नसकेका र समुदायमा आधारित भएर अघि नबढदा केही ठुला भनिएका सहकारीहरुमा समस्या देखिएको बताए । यसबाट पाठ सिकेर अघि बढन सबै सहकारीलाई घिमिरेले आग्रह थियो ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरे, उपाध्यक्ष डिबि बस्नेत, महासचिव परितोष पौड्याल, सञ्चालकहरु ईन्द्रज्योती पौडेल, शान्ती अधिकारी, कृष्ण पौडेल, नवराज सापकोटा र कृष्ण नेपाल सम्मानित भए । उनीहरुलाई चितवन जिल्ला संघका उपाध्यक्ष जगन्नाथ भण्डारीले सम्मान गरेका हुन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार