२१ कात्तिक २०८३, शनिवार

दूग्ध उत्पादनबाट गाउँमै लाखौँ आम्दानी, अन्तर्राष्ट्रिय बजार खाेज्दै सहकारी

२०७१ चैत १२, बिहिबार
दूग्ध उत्पादनबाट गाउँमै लाखौँ आम्दानी, अन्तर्राष्ट्रिय बजार खाेज्दै सहकारी

सल्यान । जिल्लाको उत्तरी भेगमा किसानले दूग्ध उत्पादनबाट गाउँमै लाखौँ आम्दानी गर्न थालेका छन् ।

पुस्टकारी, छुर्पी, पनिर लगायतका दूग्ध उत्पादनबाट किसानले लाखौँ उत्पादन गर्न थालेका हुन् । किसानले डेरीमार्फत छुर्पी, पनिर र पुस्टकारी बनाउन थालेपछि कोटमौला, कोटबारा, बाफुखोला, शिवरथ, ढाकाडामका ३०० बढी किसानले मनग्य आम्दानी गर्न थालेका हुन् ।

किसानले अहिले दैनिक छ हजार लिटर दूध खपत गर्दै आएका छन् । दूग्ध वस्तुबाट बनाएको पनिर, छुर्पी र पुस्टकारी जिल्लाका विभिन्न ठाउँमा बिक्री गर्दै आएका छन् ।

कोटमौला, कोटबारा, शिवरथ, बाफुखोला, ढाकाडाम र जिमाली गाविसका स्थानीय किसानले उत्पादन गरेको दूध सङ्कलन केन्द्रमा उपलब्ध गराउँदै आएका छन् । वर्षमा करिब छ हजार कमाई गर्दै आएका किसानले मासिक नौ हजार बढी कमाउने गरेका छन् ।

ढाकाडाम गाविस–३ की मोति खड्काले ५० हजारमा दुहुनो भैँसी किनेको बताए । गाउँमा दही, दूध, घ्यूबाट वार्षिक तीन हजारसम्म कमाई हुने गरेको उनले बताए । “हिजोआज मासिक सातदेखि नौ हजारसम्म कमाउँछु” उनले भने ।

ढाकाडाम जिल्लाकै सबैभन्दा बढी दूध उत्पादन हुने गाविस हो । यसअघि उत्पादन भएको दूध गाउँमा बिक्री नहुँदा किसान चिन्तित थिए । उनीहरू दूध तथा दही आफैँले खान बाध्य थिए । स्थानिय टेकबहादुर खड्काका अनुसार ढाकाडाममा मात्रै दैनिक एक हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

गाउँमा लघु उद्यम विकास कार्यक्रमबाट डेरी सञ्चालन गरेपछि स्थानिय किसान भैँसी पाल्न थालेका हुन् । सिर्जनशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित डेरीका व्यवस्थापक पे्रमबहादुर डाँगी अन्तर्राष्ट्रिय बजारको खोजी गरिरहेको बताए । “हामीले काभ्रेको एक छुर्पी उत्पादकसँग बिक्रीका लागि सम्झौता गरेका छौँ, त्यहीमार्फत मासिक ५०० किलो छुर्पी विदेश निर्यात हुने गरेको छ” उनले भने ।

अभिलेख

लोकप्रिय