अनुदानमा किसानलाई जैविक विषादी
बनेपा । काभ्रेपलाञ्चोकमा किसानलाई नमुना परीक्षणका लागि अनुदानमा जैविक तथा वानस्पतिक विषादी वितरण गर्न थालिएको छ ।
जिल्लाको पकेट क्षेत्र मानिने कुशादेवी, महादेवस्थान, पाँचखाल, नाला, मङ्गलटारलगायत क्षेत्रमा नमुनाका लागि फेरोमेन ट्र्याप, ट्राइकोड्रमा, हेलिल्युर, मोहिनीपासोलगायत जैविक विषादी वितरण भएको जिल्ला कृषि कार्यालय काभ्रेपलाञ्चोकका बाली विकास अधिकृत थर्कबहादुर जिसीले जानकारी दिए ।
उनले सानो परिणाममा केही बर्षयता बर्सेनि परीक्षणका लागि जैविक विषादी किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको जानकारी दिँदै यसले विषादी न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
जिल्ला कृषि विकास कार्यालय धुलिखेलले जिल्लाका अधिकांश गाविसमा रहेका कृषि सेवा केन्द्रमार्फत त्यस्ता विषादी किसानलाई वितरण गरेको उल्लेख गर्दै यस वर्ष ५० हजारबराबरको जैविक विषादी बाँड्ने लक्ष्य रहेको बताए । उनले भने–“लहरे तरकारीको याम छ त्यसमा वितरण गर्ने तयारी छ ।” जिल्लामा किसानले तरकारीमा विषादीको प्रयोग अत्यधिक गरेको भन्दै आलोचना खेप्दै आएको बेला कृषि कार्यालय धुलिखेलले विषादी न्यूनीकरणका लागि जैविक विषादीको वितरणका साथै जनचेतनामूलक विभिन्न गोष्ठी, जैविक तथा वानस्पतिक विषादी केन्द्र कुशादेवीलाई विभिन्न मेसिनरी सामान उपलब्ध गराएको छ ।
जिल्लाको कुशादेवीबाट सानो परिणाममा किसानले आफ्नै प्रयासमा जैविक तथा वानस्पतिक विषादी उत्पादन गर्दै आएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
