२१ कात्तिक २०८३, शनिवार

नेफ्स्कूनका टोलीद्वारा गभर्नर संग भेट, ऐन ल्याउन नेफ्स्कूनले गरिरहेको प्रयासलाई सहयोग पुर्याउन आग्रह

२०७१ चैत १२, बिहिबार
नेफ्स्कूनका टोलीद्वारा गभर्नर संग भेट, ऐन ल्याउन नेफ्स्कूनले गरिरहेको प्रयासलाई सहयोग पुर्याउन आग्रह

काठमाण्डू । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्रतिनिधि मण्डलले आज (बिहिबार) नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. चिरञ्जिवी नेपाललाई भेट गरेको छ ।

सोहीक्रममा नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले नेपाललाई बधाई तथा शुभकामना दिए । घिमिरेले बचत तथा ऋण सहकारी क्षेत्रको नियमन र सुशासनका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐन ल्याउन नेफ्स्कूनले गरिरहेको प्रयासलाई सहयोग पुर्याउन नेपालसंग आग्रह गरे ।

गभर्नर नेपालले नेफ्स्कूनसंग छलफल गरी अघि बढन आफु प्रतिवद्ध रहेको जानकारी गराए । टोलीमा महासचिव परितोष पौड्याल, कोषाध्यक्ष नानीबाबु बुढाथोकी र सञ्चालक कृष्ण पौडेलको सहभागिता रहेको थियो ।

अभिलेख

लोकप्रिय