२१ कात्तिक २०८३, शनिवार

यस्तो छ मकवानपुरमा सहकारी दिवसको कार्यक्रम

२०७१ चैत ६, शुक्रबार
यस्तो छ मकवानपुरमा सहकारी दिवसको कार्यक्रम

हेटौडा । ५८ औं राष्ट्रिय सहकारी दिवस मकवानपुरमा पनि भव्यताकासाथ मनाउने भएको छ । शुक्रबार राष्ट्रिय सहकारी दिवस जिल्ला मूलसमारोह समिति जिल्ला सहकारी संघ अध्यक्ष तथा राष्ट्रिय सहकारी संघका संचालक वद्री लम्सालको संयोजकत्वमा गठन गरिएको छ ।

समितिमा डिभिजन सहकारी कार्याल, जिल्ला स्थित विषयगत संघका पदाधिकारी, सहकारी संघ सम्वन्धित विषयगत कार्यालयहरु, विभिन्न गै.स.सहरु मूल समारोह समितिको सदस्य रहने गरी १०१ मूल समारोह समिति गठन गरिएको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्र्तगत १६ गते सहकारी एकिकरण सम्वन्धि गोष्ठिको आयोजना गर्ने, १७ गते मार्खु गाविसलाई सतप्रतिशत महिला आवद्धता घोषणा गर्ने, १९ गते वेलुका मोटरसाइकल र्यालीको आयोजना गर्ने, १९ गते विहान विभिन्न अश्रममा रहेका व्यक्तिहरुलाई फलफुल वितरण गर्ने र २० गते विहान वृहत र्याली सहितको प्रवचन कार्यक्रम गरी सहकारी दिवस मनाउने निर्णय जिल्ला सहकारी सञ्जाल मकवानपुरले गरको छ ।

सो अवसरमा जिल्लामा उत्कृष्ट सहकारी संस्था, उत्कृष्ट कर्मचारी, उत्कृष्ट सहकारी कर्मीलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको कुरा डिभिजन सहकारी कार्यालय हेटौडाका प्रमुख भिम परियारले वताए ।

अभिलेख

लोकप्रिय