२१ कात्तिक २०८३, शनिवार

राष्ट्र कविको साहित्य हिन्दीमा पनि पढ्न पाइने

२०७१ फागुन २९, शुक्रबार
राष्ट्र कविको साहित्य हिन्दीमा पनि पढ्न पाइने

काठमाडौं । राष्ट्र कवि माधवप्रसाद घिमिरेका साहित्यिक सिर्जनाहरु हिन्दीमा अनुवाद गरिने भएको छ । राष्ट्र कविका सिर्जनालाई छिट्टै हिन्दीमा अनुवाद गरिने नेपालका लागि भारतीय राजदूत रञ्जित रायले घोषणा गरेका हुन ।

शुक्रबार भारतीय राजदूतावास र बीपी कोइराला फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा राजदूत रायले उक्त घोषणा गरेका हुन । कवि तथा गीतकार दिनेश अधिकारीको हिन्दी कविता संग्रह ‘संवेदना की स्वर’को विमोचन कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति सरुभक्त, डा गंगाप्रसाद अकेला लगायतको उपस्थिति उक्त घोषणा गरिएको हो ।

अधिकारीको हिन्दी कविता संग्रह संवेदन की स्वरको विमोचन गर्दै राष्ट्र कवि घिमिरेले यस्तो महान कामका लागि दूतावासलाई धन्यवाद दिएका थिए । कविता संग्रहको प्रकाशन भारतीय दूतावास, बीपी कोइराला फाउन्डेसनको सहयोगमा दिल्लीको राज कमल प्रकाशनले गरेको हो । यस अघि दूतावास र बीपी कोइराला फाउन्डेसनको सहयोगमा लक्ष्मीप्रसाद देवकोटा की निवन्ध हिन्दीमा प्रकाशन गरिएको थियो ।

अभिलेख

लोकप्रिय