२१ कात्तिक २०८३, शनिवार

सामाजिक न्याय स्थापित गर्न सहकारी : पौड्याल

२०७१ फागुन २९, शुक्रबार
सामाजिक न्याय स्थापित गर्न सहकारी : पौड्याल

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)का महासचिव परितोष पौड्यालले सहकारीमार्फत आर्थिक सशक्तिकरण र सामाजिक न्याय स्थापित गर्न सकिने बताएका छन् ।

शुक्रबार मकवानपुरको हेटौडामा पूर्ण तथा व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन) को जिल्लास्तरीय अभिमुखीकरण कार्यक्रम आरम्भ गर्दै उक्त कुरा बताएका हुन् । बचत तथा ऋण सहकारी अभियानले मुलुकको वित्तिय समावेशीकरणमा महत्वपूर्ण योगदान पुगिरहेको बताउँदै पौड्यालले बचत तथा ऋण सहकारीको योगदानको सम्मान र प्रभावकारी नियमनका लागि छुट्टै ऐनको बहशपैरवी गरिरहेको बताए ।

कार्यक्रममा राष्ट्रिय सहकारी संघका सञ्चालक बद्रि लम्सालले सहकारी अभियानको योगदान र आवश्यकतालाई महशुश गर्दै सहकारी ऐनको परिमार्जन भइरहेको बताए । सहकारीहरु स्वनियन्त्रित र स्वनियमित अभ्यास भएकोले अभियन्ताहरु सहकारीको सुद्धीकरण र गुणात्मक विकासमा गम्भिर हुनुपर्ने लम्सालले बताए ।

कार्यक्रममा जिल्लाभरका उत्कृष्ट वीस संस्थाका साठी जनाको सहभागिता रहेको थियो । प्रोवेशन बचत तथा ऋण सहकारीको गुणस्तरीय सुनिश्चितताको राष्ट्रिय मापदण्ड हो । पांच सय सदस्य र तीन करोड कारोवारका बचत तथा ऋण सहकारीले यो मापदण्डका लागि आवेदन गर्न पाउँछन । डेढ वर्षको अनवरणत अनुगमन र तालीमपछि यो व्राण्डको परीक्षा हुने गर्दछ ।

अभिलेख

लोकप्रिय