७ वैशाख २०८३, सोमबार

शुभश्री साकोसमा श्रेष्ठ

२०७० पुष १९, शुक्रबार
शुभश्री साकोसमा श्रेष्ठ

काठमाडौं, १९ पुष : मध्यपुर थिमि–१४ स्थित शुभश्री वचत तथा ऋण सहकारी संस्था लि (साकोस) को हालै सम्पन्न छैठौँ वार्षिक साधारणसभाले ज्ञानकृष्ण श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।
सभाले उपाध्यक्षमा श्यामसुन्दर कायस्थ, सचिवमा काशीभक्त कायष्थ, कोषाध्यक्षमा रत्नमान श्रेष्ठ चयन गरेको छ । त्यस्तै सञ्चालक सदस्यहरूमा सुन्दर बज्राचार्य, तुल्सीमान श्रेष्ठ, राजेश श्रेष्ठ, रत्नसुन्दर कायस्थ र उत्तम श्रेष्ठ रहेका छन् ।
शुभश्री साकोस ‘आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौँ’ भन्ने मूल नाराका साथ स्थापित भएको हो । साधारणसभामा अध्यक्ष काशीभक्त कायस्थले आव २०६९/७० प्रगति विवरण तथा आव २०७०÷७१ को भावी लक्ष्य तथा कार्यक्रम र कोषाध्यक्ष रत्नमान श्रेष्ठले आव २०७०/७१ को अनुमानित आय व्यय विवरण पेस गरेको थियो ।

अभिलेख

लोकप्रिय