२१ कात्तिक २०८३, शनिवार

‘आर्थिक समृद्धिका लागि सहकारीमैत्री संविधान’

२०७१ फागुन १८, सोमबार
‘आर्थिक समृद्धिका लागि सहकारीमैत्री संविधान’

बारा । मुलुकको संक्रमणकालीन अवस्थाको तत्काल अन्त्य गरी आर्थिक समृद्धि र सामाजिक न्यायका लागि तत्काल सहकारीमैत्री संविधान जारी गर्न सहकारीकर्मीहरुले माग गरेका छन् ।
आइतबार निजगढमा लेखा तथा व्यवस्थापन तालीमको उदघाट्न समारोहमा सहभागी सहकारीकर्मीहरुले सो कुरा माग गरेका हुन् । सहकारी नेपाली समाजको एकता र आर्थिक समृद्धिको आधार भएकोले यसको विकास र प्रवद्र्धनका लागि राज्य जिम्मेवार हुनुपर्ने उनीहरुको भनाई थियो ।

सहकारी क्षेत्रका उपलव्धिहरु संस्थागत गर्दै यसका विकृति, चुनौति र जोखिमहरुलाई न्युनीकरण गर्न राज्य र सहकारी अभियान हातेमालो गर्दै अघि बढन जरुरी रहेको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले बताए । धेरै सहकारीहरु भएको क्षेत्रमा एकीकरण र नभएका स्थानहरुमा संस्था गठन र प्रवद्र्धनमा ध्यान पुग्नुपर्ने पौडेलको भनाई थियो ।
बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले बचत तथा ऋण सहकारीहरुको प्रवद्र्धन, नियमन र क्षमता विकासमा सरकारले सहयोग गर्नुुपर्ने बताए । डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेलले आफुहरुले सीमित स्रोतसाधनका वावजुद सहकारीहरुको क्षमता विकासमा सहयोग गरिरहेको बताए ।
डिभिजन सहकारी कार्यालय कलैया र बारा जिल्ला बचत तथा ऋण सहकारी संघ सिमराको संयुक्त आयोजनामा सञ्चालन भई रहेको तालीम छ दिनसम्म चल्नेछ । तालीममा १५ संस्थाका ३० सहकारीकर्मीहरु सहभागी छन् ।

अभिलेख

लोकप्रिय