२१ कात्तिक २०८३, शनिवार

आर्थिक विकासकालागि सहकारी बलियो खम्बा : गृहमन्त्री

२०७१ माघ २३, शुक्रबार
आर्थिक विकासकालागि सहकारी बलियो खम्बा : गृहमन्त्री

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले सहकारीबिना देशले आर्थिक विकासख गर्न नसक्ने बताएका छन् । उदार अर्थ नीति र राज्य नियन्त्रीत अर्थ नीति अपनाएका देशहरु असफल भएको उल्लेख गर्दै उनले आर्थिक विकासका लागि सहकारीलाई बलियो खम्बा बनाउनुपर्ने धारणा राखे ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा शुक्रबारबाट राजधानीमा सुरु भएको दोस्रो साकोस शिखर गोष्ठी उद्घाटन गर्दै गौतमले सहकारी बलियो भएमा राज्यले छिटो आर्थिक विकास गर्ने बताए । ‘सहकारीबिना देशले आर्थिक प्रगति गर्न सक्दैन्’ उनले भने, ‘आर्थिक विकासका लागि सहकारीलाई बलियो खम्बा बनाउनुपर्छ ।’ संविधानपछि आर्थिक सम्वृद्धि द्रुतगतिमा अघि बढ्ने दावी गर्दै उनले सहकारीमैत्री संबिधान बनेमात्र देशको अर्थतन्त्र शक्तीशाली बन्ने बताए । नेफ्स्कूनले बचत तथा ऋण सहकारीको अनुगमन र एकीकरणमा जोड दिनुपर्ने गृहमन्त्री गौतमको भनाई थियो ।
‘अब सहकारीले उत्पादनमा जोड दिनुपर्छ । उत्पादनबिना देश विकास सम्भव छैन्’ उनले भने । सहकारीले कृषि, उद्यमशीलता, स्वरोजगार र गरिबी उन्मुलनमा ध्यान दिन उनले आग्रह थियो ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव वडालले सहकारी अनुशासित र व्यवस्थित सहकारी अहिलेको आवश्यकता भएको बताए । ‘सहकारीले अर्थतन्त्रलाई गतिवान बताउन थप टेवा पुगेको छ, अझै सहकारीको पहुँच र बिस्तारमा जोड दिन आवश्यक छ’ उनले भने । सहकारी निजी कम्पनी भन्दा फरक रहेको र यसले समाजिक व्यवसायमा जोड दिने उनको भनाई थियो । सामाजिक न्याय र उत्पादनमा सहकारी सक्षम रहेकाले सहकारीबाट नै आर्थिक सम्भव हुने उनले बताए । अध्यक्ष बडालले व्यापार घाटा कम गर्नमा सहकारीले सहकारीले भूमिका खेल्ने उल्लेख गरे ।
सहकारी तथा गरीबी निवारण मन्त्रालयका निमित्त सचिव सुरेश प्रधानले सहकारीले राष्ट्र मजबुद बनाउन सहयोग पुर्याएको बताए । ‘यसले प्रविधि, शिप, पुँजी र बजार भए मात्र गरीबी निवारण गर्न सकिन्छ । यसमा सहकारीको भूमिका महत्वपूर्ण छ’ उनले भने । सहकारी नीतिको माध्यमबाट सहकारीको सवल, सक्षम र प्रभावकारी बनाउन एक्सन प्लान बनाउने काम भइरहेको उनको भनाई थियो । सहकारी नियमनमा प्रभावकारी बनाउन क्रियाशील रहेको उनले बताए । ‘सहकारीमा विसंगती पनि छ, विसंगति नियन्त्रण गर्न साकोस समिटले रचनात्मक नयाँ मार्गदर्शन गर्न सक्नुपर्छ ।’ उनले भने ।
सहकारी विभाग रजिष्टार विष्णुहरि पौडेलले सहकारीको पूर्ण व्यवसायिक विकासका लागि नेफ्स्कूनले सुरु गरेको राष्ट्रिय मापदण्ड (प्रोवेसन) लागु गर्न आफूहरु तयार रहेको बताए । ‘सहकारीमार्फत अघि बढाउनु विभाग कटिवद्ध रहेको छ । यसले संस्थाको क्षमता अभिवृद्धिमा टेवा पुग्ने छ ।’ रजिष्टार पौडेलले भने ।
नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी सुशासनमा बस्न अत्यावश्यक भएको बताए । बचत तथा ऋण सहकारीका लागि छुट्टै ऐन बनाउन सके व्यवस्थित ढंगले सहकारी सञ्चालन हुने बताए । सहकारी सुरक्षित बनाउन नेफ्स्कुनले एकीकृत साकोस प्रणालीमा जोड दिइएको उनको धारणा थियो ।
५ सय भन्दा बढी सहकारीकर्मीको उपस्थित रहेको गोष्ठीमा एकृकित साकोेस प्रणाली, साकोसमार्फत वित्तीय समावेशीकरण र युवा तथा महिला सशक्तिकरणका मुद्दा, साकोस एकिकरण, वित्तीय साक्षरतालगायतका विषयमा कार्यपत्र प्रस्तुती र छलफल हुनेछ । गोष्ठीको दोस्रो दिन शनिबार छलफलका विषयवस्तु समेटेर काठमाडौं घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको नेफ्स्कूनले जनाएको छ ।

अभिलेख

लोकप्रिय