२१ कात्तिक २०८३, शनिवार

दोस्रो साकोस शिखर गोष्ठीको अपेक्षा के ?

२०७१ माघ १९, सोमबार
दोस्रो साकोस शिखर गोष्ठीको अपेक्षा के ?

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा माघ २३ र २४ गते दोस्रो साकोस शिखर गोष्ठी आयोजना हुँदैछ ।

राजधानीको हायात रेजेन्सीमा हुने शिखर गोष्ठीमा देशभरका ४ सय ५० भन्दा बढी सहकारीकर्मी उपस्थित हुनेछन् । दुई दिन विभिन्न चरण र समूहमा नेपालको साकोस अभियान, एकीकृत साकोस प्रणाली र आगामी रुपरेखा विषयमा छलफल हुनेछ । गोष्ठीमा साकोसको संस्थागत विकासः स्तरीकरण र गुणस्तरीय सुनिश्चितता, समुदायको आर्थिक उन्नतिमा साकोसमार्फत वित्तिय समावेशीकरण र युवा महिला सशक्तीकरणका मुद्धाहरु, साकोसमा सुशासन र आन्तरिक नियन्त्रण प्रणाली विषयक कार्यपत्र प्रस्तुत हुनेछ ।

त्यस्तै साकोस एकीकरणः सम्भावनाहरु र अभियानको आवश्यकता महशुश, समुदायको विद्युतीय वित्तिय पहुंच अभिवृद्धिमा प्रविधिको विकास र अवलम्वन, बचत तथा ऋण सहकारीमा नेटवर्क व्यवस्थापन, वित्तिय साक्षरता वित्तिय पहुंचको लागि औजार, कृषिवित्त र उद्यमशिलताः साकोसहरुमा सम्भावना विषयक कार्यपत्रहरु प्रस्तुतीकरण र छलफल हुने संघका सञ्चालक तथा सूचना तथा सञ्चार उपसमितिका संयोजक कृष्ण पौडेलले जानकारी दिए ।

गोष्ठीमा अन्तराष्ट्रिय तहमा बचत तथा ऋण सहकारी अभियानको नेतृत्व र मार्गदर्शक भूमिकामा रहेका विश्व ऋण परिषद, एशियाली ऋण महासंघका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । त्यस्तै क्यानेडियन र अष्ट्रेलियन सहकारी अभियानका अध्येताहरु, नेपालका सहकारी तथा नीति निर्माणमा संलग्नता र सरोकार राख्ने विज्ञहरुले कार्यपत्रहरु प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

गोष्ठीले साकोस अभियानलाई नयां मोड, गति, प्रभाव, गुणात्मकता, सुद्धीकरण गर्न सहयोग हुने आयोजकको भनाई छ ।

अभिलेख

लोकप्रिय