२१ कात्तिक २०८३, शनिवार

कन्भरसेसनमा ‘बुलेट र ब्यालेट’ को चर्चा

२०७१ माघ १४, बुधबार
कन्भरसेसनमा ‘बुलेट र ब्यालेट’ को चर्चा

काठमाडौं। कन्भरसेसनको २२ औं संस्करणमा युवा लेखक आदित्य अधिकारीले हालसालै सार्वजनिक गरिएको आफ्नो पुस्तक दी बुले ट र ब्यालेट बक्सबारे छलफल भएको छ ।

माओवादी क्रान्तिका विषयमा लेखिएको सो पुस्तक लिपिबद्ध गर्नुको कारणबारे अधिकारीले भने, ‘जनयुद्धको समयमा माओवादीबारे धेरै किताब लेखिएका थिए । म पनि सो अवधिमा स्तम्भ र लेखहरू लेख्ने गर्थें । माओवादी युद्धको पाँच वर्ष बितिसकेको थियो र मैले नागरिक द्वन्द्वलाई अझै गहन तरिकाले निहाल्नुपर्ने सोचिरहेको थिएँ ।’
सन् २००९ देखि २०१० को अवधिमा माओवादीले लेखेका महत्वपूर्ण लेख आफूले पाएको र त्यसमा युद्धका स्मरण, यात्रा, पत्र, तथा डायरी र उनीहरूका अन्य आदर्शमूलक कृति रहेको बताए । ‘ती लेखनले मलाई साँच्ची नै घचघच्यायो । तर, ती विषयवस्तु निकै कच्चा थिए । मैले उनीहरूको थप सामाजिक र व्यक्तिगत जीवन बुझ्न चाहे । त्यसपछि मैले यो किताब लेख्ने निधो गरे ।,’ किताब लेख्नु पूर्वको अनुभव बाँड्दै अधिकारीले भने ।

सो अवसरमा चर्चित कृति काठमाडौंका लेखक थोमस वेलले पनि लेखनबारे चर्चा गरेका थिए । वेलले नेपालसम्बन्धी विभिन्न लेखरचना लेखेका छन् । सो अवसरमा फाउन्डेसनका सचिव अभय कुमारले अधिकारी र वेललाई सम्मान गरेका थिए ।

अभिलेख

लोकप्रिय