२१ कात्तिक २०८३, शनिवार

भारतको ६६ औं गणतन्त्र दिवसमा नेपाललाई सहयोग

२०७१ माघ १२, सोमबार
भारतको ६६ औं गणतन्त्र दिवसमा नेपाललाई सहयोग

काठमाडौं । भारतको ६६औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारद्वारा नेपालका १९ जिल्लाका विभिन्न अस्पताल, परोपकारी संस्था तथा शैक्षिक संस्थालाई २० वटा एम्बुलेन्सहरु र ४ वटा बसहरु उपहार स्वरुप प्रदान गरिएको छ ।

यसको साथै भारतका राजदूतले नेपालका विभिन्न स्थानमा रहेका ७५ वटा पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानहरुलाई पुस्तकहरु समेत उपहार स्वरुप प्रदान गरेका छन् । राजदूतले भारतीय सेनाका भूपू सैनिकका विधवा, आश्रित तथाशारीरिक रुपले अशक्तभूपू सैनिकहरुलाई चेक तथा कम्बल समेत वितरण गरेका थिए ।

nepal_bharat2
भारतले सन् १९९४ देखि नेपालको ७३ जिल्लाहरुमा अवस्थित विभिन्न संस्थाहरुलाई ४६२ वटा एम्बुलेन्सहरु प्रदान गरि सकेको छ । यसले स्वास्थ्य सेवाको पहँुचभन्दा टाढा रहेका हजारौं मानिसलाई उनीहरुको घरदैलोसम्म स्वास्थ्य सेवा पु¥याउन सहयोग पुगेको छ । भारतले नेपालका २५ जिल्लाहरुमा रहेका विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाहरुका हजारौं विद्यार्थीहरुको विद्यालयमा सहज पहुँचको लागि ९० वटा बसहरु उपहार स्वरुप प्रदान गरेको छ ।

nepal_bharat3

भारत र नेपाल सरकारबीच कूल ७५०० करोड भन्दाबढी लगानीमा वृहत भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत यी एम्बुलेन्स तथा बसहरु उपहार स्वरुप प्रदान गरिएको हो । उक्त कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणका लागि ठूला तथा साना ५०० भन्दा धेरै परियोजनाहरु रहेका छन् जसले भारत सरकार र भारतीय जनताको नेपाली जनतासँग उनीहरुको शान्ति, स्थायित्व समृद्धिका कदममा सहकार्य गर्ने जनाएको छ । यी परियोजनाहरु दुई देशबीच रहेको गहिरो मित्रताको प्रतीकको रुपमा रहेका दुतावासले जनाएको छ ।

nepal_bharat4
२६ जनवरी २०१५ माभारतको गणतन्त्र दिवसको अवसरमा राजदूतावास परिसरमा आयोजित सार्वजनिक कार्यक्रममा भारतका राजदूत रणजीत रायले राष्ट्रिय झण्डा फहराइ भारतका राष्ट्रपतिले जनवरी २५, २०१५ मा राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाए । उक्त सन्देशमा अन्य कुराहरुको अतिरिक्त शान्ति, स्थायित्व र छिमेकको विकासलाई जोड दिइएको थियो ।

अभिलेख

लोकप्रिय