२१ कात्तिक २०८३, शनिवार

वातावरण सुधार बहुउद्देश्यीयको कारोबार ९० करोड

२०७१ पुष १९, शनिवार
वातावरण सुधार बहुउद्देश्यीयको कारोबार ९० करोड

सुर्खेत । वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेतले गत आर्थिक बर्षमा झण्डै ९० करोडको कारोबार गर्न सफल भएको छ । सहकारीको शनिबार सम्पन्न बाह्रौं वार्षिक साधारणसभामा गत आर्थिक बर्षमा ८९ करोड ८४ लाख ४४ हजार रुपैयाँको कारोबार गर्न सफल भएको जनाईएको छ ।
सहकारीको कोषाध्यक्ष अनन्तप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार चालु आर्थिक बर्षमा एक अर्व २८ करोड ५४ लाख ७९ हजार एक सय रुपैयाँको संशोधन सहितको बजेट र आगामी आर्थिक बर्ष २०७२÷०७३ का लागि एक अरव ८८ करोड ६० लाख ३३ हजार रुपैयाँको प्रस्तावित बजेट समेत पेश गरेका थिए ।
सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं संविधानसभाका माननीय सभासद हृदयराम थानीले वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले विशेषगरी लघुवित्त कार्यक्रम मार्फत राज्यको वित्तीय पहुँच नपुगेको दुर्गम तथा ग्रामिण क्षेत्रमा आफ्नो क्रियाकलापलाई प्रभावकारी बनाएको बताए ।
त्यस्तै विशेष अतिथि एवं सुर्खेतका स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले सहकारी संस्थाहरु पनि राज्यको एक अंगको रुपमा रहेकाले त्यो देश विकासमा संस्थाहरुको महत्वपूर्ण भूमिका रहने कुरा उल्लेख गर्दै वातावरणले उक्त कुरा प्रमाणित गरेको बताए ।

अभिलेख

लोकप्रिय