२१ कात्तिक २०८३, शनिवार

जनहितकारीको स्थापना दिवश

२०७१ पुष १८, शुक्रबार
जनहितकारीको स्थापना दिवश

सुर्खेत । सुर्खेतका  वीेरेन्द्रनगर–३मा रहेको  जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिक स्थापना दिवशको अबसरमा साताव्यपी काकार्यक्रमको आयोजना  गरेको छ  । स्थापना दिवश कै अवसर पारेर कार्यक्रममा संस्थाले संचालन गरेका विभिन्न योजना अन्र्तगत शेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ  । सम्मान तथा पुरस्कृत हुनेहरुमा जेष्ठ शेयर सदस्य तर्फ पर्मा पुरी, सक्रिय शेयर सदस्य तर्फ जयराम कोईराला, असल ऋणी तर्फ बिदुर प्रसाद भट्टराई, टिका जैसी, भिम ब. खड्का र याम कुमारी खत्री त्यस्तै सर्वाधिक शेयर खरीद कर्ता महेन्द्र प्रसाद शर्मा, सर्वाधिक बचत कर्ता (बाल सदस्य तर्फ) जानुका बस्नेत , स्वैच्छिक तर्पm शंकरदेव भारती, मासिक तथा आवधिक बचत तर्फ क्रमशः पुर्णा खत्री, र सावित्रा शर्मा रहेका छन् ।

त्यसै गरी विभिन्न विद्यालय अध्ययन गरेका वाल सदस्य तथा शेयर सदस्यका छोराछोरी भए । स्थापना दिवस पारेर आयोजना गरीएको खुला नेपालमा सहकारीको अवस्था बिषयक कविता प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने बाल बालिकाहरुलाई पुरस्कार वितरण गर्नुका साथै संस्थामा संग्लन ३९ जना जेष्ठ सदस्यहरुलाई सम्मान फुलमाला सहित सम्मान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका संचालकी हरिहरनाथ योगीले थिए  । कार्यक्रम  पिपलबोट बचत तथा ऋण सहकारी संस्था, स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लि., पुर्ण सक्रिय साकोस, बन उपसमिति, त्रिपुरेश्वर उ.मा.वि.,रेडक्रश शाखा का प्रतिनिधिले मन्तव्य दिएका थिए  । उक्त दिवसका अवसरमा राष्ट्रिय जीवनमा विविध विधामा ख्याती प्राप्त व्यक्तित्व  दिनेश गौतम (कला संस्कृति तर्पm), डा. दिप ब. रावल (सहकारी अभियान्ता) र घनश्याम कोईराला (सामाजिक जीवन तर्पm)लाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

अभिलेख

लोकप्रिय