लोकप्रिय सहकारीद्वारा सदस्यको बिमा
बारा । निजगढ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुको रु १ लाखको दुर्घटना बिमा गरेको छ ।
सदस्यहरुको हितका लागि विविध कार्यक्रम गर्ने क्रममा संस्थाले बिमा कार्यक्रम लागू गरेको संस्थाका व्यवस्थापक रोशन तिमल्सिनाले बताए । संस्थाले हेटौँडा स्थित प्रुडेन्सियल ईन्स्योरेन्स मार्फत पहिलो चरणमा तीनसय ८५ सदस्यको बिमा गरेको तिमल्सिनाले बताए ।
बिहिबार सदस्यहरुको सामूहिक दुर्घटना बिमालेख हस्तान्तरण गर्दै कम्पनीका प्रबन्धक अर्जुन सुवेदीले सहकारी सदस्यहरुको दुर्घटना जोखिमबहन शुरु भएको जानकारी दिए । यहाँ स्थित सहकारीहरुका तर्फबाट बिमा कार्यक्रमलाई शुरु गर्ने लोकप्रिय नै पहिलो सहकारी भएको व्यवस्थापक तिमल्सिनाले बताए ।
सदस्यहरुसँग सम्बन्धित जोखिमहरुलाई बिमाका माध्यमबाट हस्तान्तरण गर्न र सदस्यहरुमा बिमा सम्बन्धी जानकारी बढाउन जरुरी रहे अनुरुप विभिन्न कार्यक्रमहरु तय गरिएको उनले बताए ।
समाजमा बिमाको महत्व बढ्दै जानु सकारात्मक भएको भन्दै प्रुडेन्सियल ईन्स्योरेन्स हेटौँडाका प्रमुृख अर्जुन सुवेदीले बिमाको बजार प्रबर्धनमा सहकारीको भूमिका पनि प्रमुख हुने बताए । दुर्घटना बिमासँगै कम्पनीले सबैखाले निर्जिवन बिमा प्राथमिकताका साथ गर्दै आएको र सहकारी आवद्ध सदस्यबीच कृषि तथा पशु बिमालाई प्रमुखताका साथ समेट्न आफूहरु प्रतिबद्ध रहेको सुवेदीले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
