विन्धवासिनी सहकारी २२ औं बर्षमा, २२ हजार ३ सय ७६ जना सदस्य, १ अर्व ३ करोड कारोवार
सन्तोष तिमल्सिना
बनेपा । नेपालको सहकारी आन्दोलनमा उत्कृष्ट सहकारी संस्थाको रुपमा पहिचान बनाएको विन्धवासिनी बचत सहकारी संस्था २२ औं बर्षमा प्रवेश गरेको छ ।
वि.स २०५० साल पौष १२ गते स्थापना भएको यस सहकारी संस्थाले शनिवार बनेपाको पञ्चकन्या वैन्क्वटमा २१ औं वार्षिक साधारण सभा तथा २२ औं स्थापना दिवस सम्पन्न गरेको छ । स्थापनाको २२ औ बर्षको कात्र्तिक मसान्तसम्म आईपुग्दा संस्थाले २२ हजार ३ सय ७६ जना सदस्यलाई सहकारी सेवा प्रदान गरी १ अर्व ३ करोड ७९ लाख १७ हजार २ सय ४७ रुपैयाँ कारोवार गर्न सफल भएको संस्थाका अध्यक्ष प्रदिप थापाले जानकारी दिए ।
समुदायमा आधारीत सर्वोकृष्ट दिगो वित्तिय सहकारी संस्थाको रुपमा स्थापित गर्ने दुरदृष्टि सहित काभ्रे जिल्लाको ४ वटा नगरपालिका र २९ वटा गाविसमा छरिएर रहेका सदस्यहरुलाई केन्द्रिय कार्यालय, बैकिङ्ग कार्यालय बनेपा, पनौती, खोपासी, ढुंखर्क, पाँचखालका साथै पात्लेखेत, च्यासिंङखर्क, शंखु र गरी ४ वटा सेवाकेन्द्र मार्फत घरदैलोबाट नै वित्तिय सेवा प्रदान गर्दै आएको छ । संस्थाले बचत तथा ऋण कारोवारका साथसाथै सदस्यहरुको हितका लागि विभिन्न राहत कार्यक्रम, सामाजिक एवं सामुदायिक कार्यक्रम, विप्रेषण, ३६५ दिने कारोवार, एविविएस सेवा प्रदान गर्दै आएको संस्थाका प्रमुख ब्यावस्थापक के.बि लामाले जानकारी दिए ।
संस्थाले आ.ब ०७०÷०७१ मा ९८ करोड ९४ लाख ११ हजार ऋण लगानी गरी ८१ करोड ८६ लाख ४४ हजार असुली गरी ७२ करोड ७ लाख ८ हजार लगानीमा बाँकी रहेको छ । संसथाले भाखा नाघेको ऋणलाई शत प्रतिशत असुली गरी ३ करोड ४८ लाख ६० हजार संचालन मुनाफा गर्न सफल भएको संस्थाले जनाएको छ । यस वर्ष सदस्यहरुलाई १५ प्रतिशत शेयर लाभांश वितरण गरेको छ । यसैगरी संस्थाले यस बर्ष ९७ लाख २० हजार राज्यलाई कर तिरेको संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले बताए ।
संस्थाले २१ औं साधारण सभाको अवसरमा जेष्ठ सदस्य भत्ता वितरण, उत्कृष्ट प्रवेशिका परिक्षा उत्तीर्ण सम्मान तथा पुरस्कार, अपाङ्ग सदस्य सम्मान तथा भत्ता वितरण, दलित छात्रवृद्धि वितरण तथा विभिन्न विद्याका उत्कृष्ट शेयर सदस्यहरुलाई समेत सम्मान गरेको छ । संस्थाले अधिक्तम शेयर खरिदकर्ता पूर्णलाल श्रेष्ठ पनौती, सर्वोकृष्ट बचतकर्ता राजन तिमल्सिना ढुंखर्क, सर्वोकृष्ट लघुवित्त समूह नारायणस्थान महिला बचत समूह खोपासी, उत्कृष्ट मिश्रित समूह थानी महाँकाल बचत समूह ढुंखर्क, पूर्व अध्यक्ष भरतप्रसाद शर्मा र उत्कृष्ट क्षेत्रीय अन्तर समितिका रुपमा प्रम्भिक क्षेत्रीय अन्तर समिति पाँचखाललाई सम्मान गरेको संस्थाका सचिव रामशरण भण्डारीले जानकारी दिए ।
उक्त कार्याक्रममा अर्थमन्त्री डा. रामशरण महत, राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष सरोजकुमार शर्मा, संविधान सभा सदस्य कञ्चनचन्द्र वादे, सहकारी तथा गरीबि निवारण मन्त्रालयका सचिव श्रीधर गौतम, अर्थ मन्त्रालयका सचिव नवराज भण्डारी, सहकारी विभागका उप रजिष्ट्रार उपेन्द्र बहादुर ढुंगाना, नेपाल राष्ट्र बैक लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. विनोद आत्रेय, नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष ऋषिराज घिमिरे, प्रमुख जिल्ला अधिकारी केदार न्यौपाने, डिभिजन सहकारी कार्यालय धुलिखेलका सहकारी अधिकृत चेतनाथ गिरी लगायतले आफ्नो धारणा राखेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार