२१ कात्तिक २०८३, शनिवार

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पोखरेलले चार पटक भ्रमण गरी सात पटकको हवाई भाडा लिए

२०७१ पुष १३, आईतवार
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष पोखरेलले चार पटक भ्रमण गरी सात पटकको हवाई भाडा लिए

उक्त कैफियतविरुद्ध राष्ट्र बैंकले भ्रमण बिल स्वीकृत गर्दा आवश्यक कागजपत्रविना स्वीकृत गरिएको रकम सम्बन्धित पदाधिकारीहरुबाट असुलउपर गरी सोको जानकारी राष्ट बैंक समेतमा पठाउन निर्देशन दिएको थियो । यसबाहेक विना कागज भुक्तानी दिने कर्मचारीहरुलाई विभागीय कार्य गर्न बैंकलाई निर्देशन दिए पनि हालसम्म पनि बैंक व्यवस्थापक समितिले उक्त कार्य गर्नुको साटो झन् अनियमितताको श्रृंखला थप्दै गएको छ । राष्ट्र बैंकको निरीक्षणअनुसार बैंकको सञ्चालक समितिको २०७० वैशाख ८ गतेको निर्णय नम्बर ११९ ख मा विदेश भ्रमणमा जानको लागि मनोनयन गर्ने निर्णयमा दक्षिण कोरियाका लागि सञ्चालक समितिका अध्यक्ष वा नायब महाप्रबन्धक भनी द्विविधापूर्ण निर्णय गरिएको साथै स्वयम् अध्यक्ष समेतको चयन भएको सो बैठकमा स्वार्थपूर्ण निर्णय गरी सञ्चालक सरिता भट्टराई आफैँ बैठकमा सहभागी भई गरिएको निर्णय संस्थागत सुशासनको दृष्टिकोणले उपयुक्त नभएको समेत राष्ट बैंकको स्थलगत प्रतिवेदनमा उल्लेख छ । तत्कालीन समयमा संस्थागत हितविपरीत भएको उक्त निर्णयमा सुधार ल्याउन निर्देशन दिए पनि बैंकले हालसम्म पनि संस्थागत सुशासन कायम गर्नसकेको छैन ।
बैंकको प्रशासनिक कार्यको लागि स्टेसनरी लगायतका सामान खरिद गर्दा पनि चरमरुपमा आर्थिक अनियमितता भएकोे देखिएको छ । बैंकको २०७० भदौ २२ मा प्रबन्ध सञ्चालकबाट सदर टिप्पणीअनुसार ३३ थान चेकराइटर खरिद गर्दा प्रबन्ध सञ्चालकको अख्तियारी सीमा एक लाख ५० हजार रुपैयाँ मात्र भए पनि दुई लाख ५० हजार आठ सय रुपैयाँको अख्तियारी दिएको राष्ट्र बैंकको स्थलगत प्रतिवेदनमा उल्लेख छ । सो विषयमा राष्ट्र बैंकले सञ्चालक तथा व्यवस्थापन समितिसँग सीमाभन्दा बढी मूल्यको सामान खरिद गर्नुको प्रष्ट जवाफ माग गरे पनि हालसम्म पनि प्रष्ट जवाफ नआएको राष्ट बैंकले जनाएको छ ।

काठमाडौं । सरकारको समेत एक करोड रुपैयाँबराबरको सेयर लगानी रहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा सञ्चालकहरुले कुन हदसम्म बदमासी गरेका छन् भन्नेबारेको तथ्य राष्ट्र बैंकको समष्टिगत स्थलगत परीक्षण प्रतिवेदन रिपोर्टबाट खुलेको छ ।

बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, सञ्चालक हरिनारायण योगी, श्रीमती सरिता भट्टराई, रामशरण घिमिरे, केबी उप्रेती, डा. विदुर चालिसे, केदार न्यौपाने, विजयराज घिमिरे र महेश्वर श्रेष्ठसहितको सञ्चालक समितिले बैंकको स्रोत र साधनमाथि चरम दुरुपयोग गरेको छ । राष्ट्र बैंकका निर्देशक चिन्तामणि सिवाकोटी, उप–निर्देशक धनञ्जय शर्मा, सहायक निर्देशक मनोहर प्रसाद भट्टराई र धनबहादुर श्रेष्ठसहितको चार सदस्य टोलीले गरेको बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०७० अनुसार अध्यक्ष पोखरेलले विराटनगरबाट काठमाडौं आउँदा÷जाँदा चारपटक भ्रमण गरेर सातपटकको बिल र भर्पाइ बनाएर रकम पचाएका छन् । प्रतिवेदनअनुसार अध्यक्ष पोखरेलले मिति २०७० जेठ तीन गते, मिति २०७० जेठ १४, २०७० जेठ २३ गते र मिति २०७० जेठ २९ गते सञ्चालक समितिको बैठकमा भाग लिन विराटनगरबाट काठमाडौं आउँदा/जाँदा पेस गरेको भ्रमण बिल र भर्पाइमा सात पटकको हवाई टिकटबापतको रकम भुक्तानी लिएकोमा चार पटकको चारवटा बोर्डिड पासमात्र रहेको थियो ।

यसैगरी सञ्चालक विदुर चालिसे २०७० असोज १० गते सिन्धुपाल्चोकको माङ्खा जाँदा, लेखा समितिका संयोजक कुलचन्द्र अधिकारी २०७० वैशाख २८ गते हेटौंडा जाँदा, प्रबन्धसञ्चालक केबी उप्रेती वैशाख ८ गते नुवाकोट जाँदा, तत्कालीन लेखा समिति संयोजक रामबहादुर जिसी २०७० कात्तिक १२ गते समितिको बैठकमा भाग लिन काठमाडौं आउँदा जारी गरिएका भ्रमण आदेशहरुमा अख्तियार प्राप्त अधिकारीहरुको हस्ताक्षर नै नभएको समेत स्थलगत निरीक्षणका क्रममा देखिएको छ । सोही आधारमा ती सञ्चालकहरुले गरेको नितान्त व्यक्तिगत भए पनि उनीहरुले बैंकबाट नियमविपरीत आवश्यक सुविधा लिएका छन् ।

यसबाहेक कर्जा प्रवाहमा चरम अनियमितता भएको, कमिसनको लोभमा धितो मूल्यांकन नै नगरी कर्जा स्वीकृत गरिएको, अधिकांश निक्षेप समस्या संस्थाहरुमा रहेको राष्ट्र बैंकले जनाएको छ । बैंकको व्यवस्थापन तथा सञ्चालक समितिले चारवटा ठूला सहकारीहरुलाई हुँदै नभएको सम्पत्ति देखाएर चारवटा सहकारी संस्थालाई एक÷एक करोडको दरमा चार करोड रुपैयाँ कर्जा प्रवाह गर्न खोजेको कर्जाको धितो भनिएको जग्गाको बारेमा शंका लागेपछि सम्बन्धित मालपोतमा बुझ्दा लालपुर्जा नै नक्कली भएको फेला परेको समेत स्रोतले बताएको छ । उक्त कर्जा प्रकरणमा संलग्न हुने व्यक्तिहरु हाल ठगी तथा जालसाँजीको अभियोगमा कारगारमा रहेका छन् । त्यस्ता व्यक्तिहरुसँग बैंकको वर्तमान समितिको सम्बन्ध रहेको समेत स्रोतले बताएको छ ।

बैंकले २०७० असोज मसान्तसम्ममा चार अर्ब ६८ करोड ६१ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ५८ करोड २१ लाख १४ हजार रुपैयाँ कर्जा तथा सापटी प्रवाह गरेको छ । तर सोमध्ये अधिकांश कर्जा सोही बैंकका सञ्चालक र सञ्चालकसम्बद्ध सहकारीमा रहेको छ । बैंकको सञ्चालक तथा व्यवस्थापन समितिमा रहेका १३ जना व्यक्तिहरु संलग्न सहकारी संस्थामा मात्र बैंकले १० करोड रुपैयाँभन्दा बढी कर्जा रहेको राष्ट्र बैंकको स्थलगत निरीक्षण प्रतिवेदन २०७० मा उल्लेख रहेको आजको आजको आर्थिक दैनिकमा खबर छ ।

अभिलेख

लोकप्रिय