२१ कात्तिक २०८३, शनिवार

उकालो लाग्दै अमेरिकी डलर

२०७१ पुष ११, शुक्रबार
उकालो लाग्दै अमेरिकी डलर

काठमाडौं । अमेरिकी डलरको भाउ फेरि एक सय दुई रुपैयाँ पुगेको छ । साताको अन्तिम दिन शुक्रबार डलर एक सय एक रुपैयाँ ९५ पैसासम्ममा कारोबार भइरहेको छ ।
भारतीय रुपैयाँ कमजोर भएपछि डलर महंगो भएको हो । शुुत्रबार भारतीय बजारमा एक अमेरिकी डलरको भाउ ६३.६२ भारुका दरले कारोबार भएको छ । यो दिन मात्रै डलरको भाउ भारतमा नौं पैसाले बढेको हो । यसको असर नेपालको बजारमा पनि परेको छ ।
बाणिज्य बैंकहरुले शुक्रबार डलर एक सय एक रुपैयाँ ९५ पैसासम्ममा विक्री गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको रिफ्रेन्स रेटमा केही बढाएर बैंकहरुले डलरको किनबेच गरेका हुन् । राष्ट्र बैंकले खुल्ला बजारका लागि तोकेको रिफ्रेन्स रेट एक सय एक रुपैयाँ ९३ पैसा हो ।
तीन साता यता डलरको भाउ लगातार बढ्दो क्रममा छ । गत साता पनि एक डलरको मुल्य एक सय दुई रुपैयाँसम्म पुगेको थियो ।

अभिलेख

लोकप्रिय