२१ कात्तिक २०८३, शनिवार

ठगीको आरोपमा अग्निज्वाला साकोसका उपाध्यक्ष कँडेल पक्राउ

२०७१ पुष १०, बिहिबार
ठगीको आरोपमा अग्निज्वाला साकोसका उपाध्यक्ष कँडेल पक्राउ

काठमाडौं ।अग्निज्वाला बचत तथा ऋण सहकारी संस्था लि.का उपाध्यक्ष एवम् लेखा प्रमुखको समेत जिम्मेवारीमा रहेका मधुसुदन कँडेललाई रकम हिनामिना गरी  ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । कँडेललाई महानगरीय प्रहरी अपराध महाशाखाले बिहीबार पक्राउ गरेको हो ।
काभ्रेपलान्चोक जिल्ला खरेलथोक–२ घर भई हाल कामनपा–१४ कुलेश्वर बस्ने कँडेलले उक्त सहकारी संस्थाका पदाधिकारीको अनधिकृत हस्ताक्षरसमेत गरी रु २९ लाख ५० हजार बराबरको रकम हिनामिना गरी सर्वसाधारणले जम्मा गरेको निक्षेप रकम ठगी गरेको भनी उक्त संस्थाकै अध्यक्ष बाबुराम पाण्डेले सञ्चालक समितिको निर्णयसहित जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभिलेख

लोकप्रिय